देश विदेश

नेपालबाट उडान भर्ने एयरलाइन्स थपिदै, हट्यो उद्धार र नियमित उडानमा यात्रु कोटा

शेयर गर्नुहोस्

काठमाडौं । सरकारले चार्टर्ड र नियमित उडान मार्फत दैनिक ८ सय जना मात्रै यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा खारेज गरेको छ । यात्रुको संख्यामा लगाइएको सिमा हटेसँगै अब नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार यात्रु ल्याउन पाउनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको जानकारी दिए । अब सरकारले खोलेको अन्तर्राष्ट्रिय व्यवसायिक (नियमित) उडानतर्फ थप एयरलाइन्सले अनुमति मागेमा उडान अनुमति पाउनेछन् । उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, पर्यटन मन्त्री र श्रममन्त्रीबीचको छलफल र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शबाट उडान थप गर्ने निर्णय गरिएको मन्त्री भट्टराईले जानकारी दिए । पीसीआर नेगेटिभ भएका मात्र यात्रु ल्याउने गरी नियमित उडान खुला भएको मुलुकमा पीसीआर र क्वारिन्टिनसम्बन्धी नियमलाई यथावत राखेर कोटा हटाइएको छ ।

कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल ल्याउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति दिने निर्णय पनि सरकारले गरेको छ । मन्त्री भट्टराईले श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका हकमा श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँगको समन्वयमा उडानको व्यवस्था गर्ने जानकारी दिए ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *