लार्नाका मा एक नेपालीद्वारा आत्महत्या (अपडेट १)

शेयर गर्नुहोस्

१४ सेप्टेम्बर २०२०

साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी एन आर एन ए साइप्रसले जनाएको छ। हिजो आइतबार लार्नाका जिल्ला अन्तर्गत पर्ने पेरबोलियामा ज्यान लिएको बताइएको छ। प्रहरीले मुचुल्का उठाई यस विसयमा अनुसन्धान सुरु गरेको छ। मृतक काभ्रे घर भै लार्नाका मा चौध महिना देखि घरेलु कामदारको रुपमा कार्यरत थिइन्। मृतक ४४ वर्शिय मिना तामाङ हुन् । उनको जन्मस्थल भने बारा रहेको पासपोर्टमा उल्लेख छ । आफैले आफ्नै ज्यान लिनु पर्ने कारण पारिवारिक समस्या हुन सक्ने अनुमान गरिएको छ। यद्यपि स्पस्ट कारण खुली सकेको छैन। आइतबार दिनको ५ बजे प्रहरीले झुन्डिएको अवस्थामा मृत फेला पारेको थियो । प्रहरी रिपोर्ट अनुसार कोरोना टेस्ट प्रश्चात पोस्ट मार्टम गरिने बताइएको छ ।

मृतक को पासपोर्ट : तस्बिर nrn cyprus
पुलिस रिपोर्ट : तस्बिर Nrn cyprus

(यो घटनाको बारे थप अपडेट हुदै छ, हेर्दै गर्नु होला )

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *