दाङमा करेन्ट लाग्दा तीन बालबालिकाको मृत्यु

शेयर गर्नुहोस्

दाङमा करेन्ट लागेर आज तीन बालबालिकाको अपराह्न मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० उत्तरअम्राइमा करेन्ट लाग्दा सोही ठाउँका चार वर्षीया रेणुका चौधरी, आठ वर्षीय प्रशान्त चौधरी र तीन वर्षीय अमृत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए।

उनका अनुसार स्थानीयवासी एक व्यक्तिको निधन भएका घरमा शुद्धशान्तिका लागि मोटर जोडेर कुलामा पानी तानिरहेका अवस्थामा सोही पानीमा पौडी खेलिरहेका उनीहरुलाई करेन्ट लागेको हो। अपराह्न १ बजेतिर भएको घटनामा मृत्यु भएका बालबालिकाकोे शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ।

श्रोत: नागरिक

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *