देश विदेश

श्रीमतीलाई बन्चरो प्रहार गरी भाग्ने युवक पक्राउ

शेयर गर्नुहोस्

p>श्रीमतीमाथि बन्चरो प्रहार गरी फरार भएका त्रियुगा नगरपालिका ३ ठाडीटोलका ४१ वर्षीय पारस सिंह पक्राउ परेका छन्। मंगलबार दिउँसो ४ बजेको समयमा ३१ वर्षीया श्रीमती मीना खत्री सिंहमाथि बन्चरो प्रहार गरी भागेका सिंहलाई प्रहरीले दुई घण्टापछि पक्राउ गरेको हो।

श्रीमतीमाथि बन्चरो प्रहार गरेर सख्त घाइते बनाएर भागेको भन्ने खवर आए अनुसार टोली खटाएर खोजी गर्ने क्रममा नजिकैको जंगलमा लुकेर बसेको अवस्थामा भेटेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। स्थानीयका अनुसार बन्चरो प्रहारबाट मीनाको टाउकोमा गम्भीर चोट लागेको छ। घाइतेलाई उपचारका लागि स्थानीयले विराटनगरस्थित न्युरो अस्पताल पठाएका छन्।

खत्रीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर आवश्यक अनुसन्धान कार्य सुरु भएको प्रहरीले जनाएको छ। दुईबीच के कारणले असमझदारी उत्पन्न भयो र घट्ना कसरी घट्यो भन्ने विषयमा अनुसन्धान नगरी यकिन भन्न नसकिने प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *