देश विदेश

विद्युत प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ, को आउला अब?

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकाल पुरागरेसँगै पदबाट अबकाश पाएका छन् । कार्यकाल समाप्त भएका कुलमानलाई प्राधिकरणका कर्मचारिले मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरेका हुन् ।

चार वर्षको अवधिमा निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले १८ घण्टासम्मको लोडसेडिङबाट मुक्त बनाएर प्राधिकरणको ब्यालेन्स सीट समेत सकारात्मक बनाएको बताए । उनले लोडसेडिङ मुक्त बनाएकै कारण जनजनको मनमा बस्न सफल भएको समेत उनले विदाई मन्तव्यमा उल्लेख गरेका छन् । लोडसेडिङ अन्त्य, प्राधिकरणको चुहावटमा सुधारदेखि नाफामा लगेका कुलमानको कार्यकाल थप भने सरकारले गरेन । सरकारले सो पदमा कुलमानलाई पुनःनियुक्ती नगर्ने भएपछि प्राधिकरणका कर्मचारीले मंगलबार विदाई गरेका छन् । उनले मंगलबार विदाईको क्रममा भावुक हुँदै चार वर्षमा गरेको कामको विवरण समेत प्रस्तुत गरेका थिए । नेपाल सरकारले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफुबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौता भएको बताएका थिए ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष २०७३/७४ मा ८८ दशमलव १९, आव ०७४/७५ मा ८७ दशमलव ९८, आव ०७५/७६ मा ८६ दशमलव ८२ र आव २०७६/७७ मा ८७ दशमलव ५५ प्रतिशत प्राप्त भएको उनले उल्लेख गरेका छन् । प्राधिकरणको वित्तीय अवस्था अत्यन्त नाजुक रहेकोमा आव २०७२/७३ सम्ममा संचित घाटा ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो भने सोही वर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानी भएको समेत जनाएका छन् । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुक अक्रान्त थियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममा थियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५ दशमलव ७८ प्रतिशत थियो, करिब ६३ प्रतिशत जनता मात्रै ग्रीडको विद्युत पहुँचमा थिए ।

सरकारले मलाई दिएको मुख्य जिम्मेवारी पनि लोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै रहेको र सो पुरा गरेको बिदाईका क्रममा घिसिङले जानकारी गराएका थिए ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *