देश विदेश

नेपाल वायुसेवा निगमका वरिष्ठ पइलट विजय लामा कोरोना पुष्टि भएसँगै आइसोलेसनमा

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा क्याप्टेन लामालाई कोरोना पुष्टि भएको हो ।

आइतबार स्वाब दिएका आमा रिपोर्ट आएसँगै सोमबार बिहानदेखी सोल्टी होटलको आइसोलेसनमा भर्ना भएका छन् । उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई समेत संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक तीन दिनअघि दुबै क्याप्टेनले शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए ।

लामाले सामाजिक सञ्जाल मार्फत आफू सोल्टीको आइसोलेसन भर्ना भएको र बेलायती क्याप्टेन कोल्हात्कर समेत सँगै रहेको बताएका छन् ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *