देश विदेश

नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर

शेयर गर्नुहोस्

काठमाडौं । लिम्पियाधुरा क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर थपिएसँगै अब नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर पुगेको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेको ‘नेपालको भू–भाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६४१.२८ वर्ग किलोमिटर निर्धारण गरिएको हो ।

पुस्तकमा नेपालको पश्चिमोत्तर क्षेत्रको लिपुलेक र कालापानी बीचमा रहेको लिपु भञ्ज्याङलाई समेटेर लिम्पियाधुरा लिपुलेक क्षेत्रको करिब ४६०.२८ वर्ग किलोमिटर भू–भाग थपिएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को १९ भदौको बैठकले यो पुस्तकलाई विद्यालय तहमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने स्विकृति दिने निर्णय समेत गरेको छ । यसअघि लिम्पियाधुरा नसमेटिएका कारण नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर थियो ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *