श्राद्धको भाेज खाँदा एकको मृत्यु, १५ जना बिरामी

शेयर गर्नुहोस्

कैलालीको गोदावरी नगरपालिका–१०, खमौरामा श्राद्धको भोज खाँदा एक जनाको मत्यु भएको छ भने १५ जना बिरामी भएका छन्।

बिरामी भएकामध्ये एक जनाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्राद्धमा खाना खाएर बिरामी परेका सुरेश बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।बिरामी भएका अन्य १५ जनाको अहिले सेती प्रादेशिक, नवजीवन र माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार यही भदौ २७ गते श्राद्धमा खाना खाएका उनीहरू बिरामी परेका हुन्। सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ (खाद्य विषाक्तता) का कारण उनीहरू बिरामी परेको बताए।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *