थप १५ सय ३९ जनामा कोरोना पुष्टि, १ हजार ६८ डिस्चार्ज; ८ जनाको मृत्यु

शेयर गर्नुहोस्

 

काठमाडौं । बुधबार देशभर एक हजार ५३९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५३९ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ। हालसम्म ४१ हजार ७०६ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा एक हजार ६८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ। गत २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ८२०जना क्वारेन्टिनमा रहेका छन्।

 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

यो पनि पढ्नुहोस 

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *