देश विदेश

प्याज व्यापारीले मन्त्रीलाई नै ठगेपछि…

शेयर गर्नुहोस्

काठमाण्डाै – भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि प्याजको भाउ बढेको छ । दुई/चार रुपैयाँ भाउ तलमाथि हुनु त सामान्य कुरा हो तर रातारात ८० रुपैयाँसम्म भाउ बढेपछि सरकारले अनुगमन तीव्र बनाएको छ ।अनुगमनको लागि बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट ग्राहकको भेषमा सुरक्षाकर्मी र सरकारी गाडी विना नै बजार अनुगमनमा जानुभयो । 

मास्क लगाएर भिडभाड विना नै बजारमा प्याज किन्न पुगेका मन्त्री भट्टलाई व्यापारीले ठगे । बल्खु तरकारी बजारमा मन्त्री भट्टले प्याज किन्नुभयो । ४८ रुपैयाँ पर्ने प्याजलाई व्यापारीले एक सय २० रुपैयाँसम्म लिए । मन्त्री भट्टले खल्तीबाट झिकेर पैसा तिर्नुभयो । उहाँले चार वटा पसलबाट प्याज किन्नुभयो तर सबै व्यापारीले ठगे ।

आफू ठगिएपछि मन्त्री भट्टले तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनुभयो र बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्न निर्देशन दिनुभयो । धेरै मूल्य लिने चार जना व्यापारलाई प्रहरीले पक्राउ गरेर कालीमाटी वृत्तमा लगेको छ । उनीहरुलाई कालोबजारी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *