देश विदेश

युट्युब र सामाजिक सञ्जालको आम्दानी बैंक तथा वित्तीय संस्थाबाट नेपाल ल्याउन पाइने

शेयर गर्नुहोस्

काठमाण्डौं । अब युट्युबलगायत सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेले बैंक तथा वित्तीय संस्थाबाटै रकम नेपाल भित्र्याउन पाउने भएका छन् । अहिले सामाजिक सञ्जालमार्फत विदेशी रकम आर्जन गर्नेहरुले बैंक तथा वित्तीय संस्थाको बाटो नभइ अन्य तरिकाले नेपाल भित्र्याउने गरेकोमा अब बैंक तथा वित्तीय संस्थाबाटै नेपाल ल्याउन/पठाउन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि सम्बद्ध दक्षता र विज्ञताको निकासी, सामाजिक सञ्जालमा सामग्रीहरु राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक/व्यापारिक कारोबारबापत प्राप्त हुने रकम बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सकिने भन्दै एक सूचनामार्फत यसको जानकारी गराएको छ । राष्ट्र बैंकका अनुसार स्वदेशी बैंकको खातामा विदेशी मुद्रा आएपछि बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिनेछ ।

विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक पर्ने भएमा र भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको निर्देशनका सर्तनामाको भने पुर्णरुपमा पालना गर्नुपर्नेहुन्छ ।

यस्तो छ राष्ट्र बैंकको सूचना


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *