साइप्रस न्युज

साईप्रसमा आईतवार निशुल्क बस संचालन गरेर सबै जनताहरुको मन जित्न सफल

शेयर गर्नुहोस्

आयानापा
साईप्रस ,
साईप्रस सर्बाजनिक यातायातले आज आईतवार साईप्रसको प्रमुख सहरहरुमा निशुल्क बस संचालन गरेको छ । युरोपियन मोबिलाडी अन्र्तगत आज साईप्रसले यहा रहेका सबै जनताहरुलाइए निशुल्क यातायत गराएर सबैको मन जित्न सफल भएको यात्रीहरुले प्रतिक्रिया दिएका छन । साईप्रसको यो निशुल्क यातायातको यहा रहेका अप्रवासी लगाएतहरुले आईतवार विहानै देखि फाईदा लिएका थिए ।

साईप्रस यातायातको निशुल्क सेवाको फाईदा लिदै निकोसिया सहरकी बिना क्षेत्रीले विहानै लर्नाका सहर पुगेकी थिईन । क्षेत्रीका अनुसार साईप्रस सरकारले पहिलो पटक निशुल्क बस सन्चालन गरेको थाहा पाउदा अत्यन्तै खुसि भएको र सरकारलाई विशेष धन्यबाद दिएकी छिन ।

क्षेत्रि साईप्रस आएको एक बर्ष नबित्दै यस्तो सुविधा पाएकोमा खुसि भएको प्रतिक्रिया दिईन् । यस्तै निकोसियाबाट लर्नाका सहर विहानै केही काम विशेषले जान लागेकी नाईजेरियाकी २३ बर्षिय नाजियाले सुरुमा आफुले बस चालकलाई सधै जस्तै पैसा दिन खोजेको तर चालकले टिकट शुन्यको दिए अनि पैसा लिन अस्वीकार गरेपछि अचम्म परेको बताईन ।

नाजियाका अनुसार चालकले पैसा नलिएपछि फेरि चित नबुझे पछि चालकलाई सोधे अनि चालकले हस्दै जवाफ दियो आज साईप्रसका केही सहरहरुमा निशुल्क बस संचालन गरिएको जानकारी दिए । साईप्रसको यातायात बस कम्पनीहरुले यसरी निशुल्क सबै नागरिकहरुलाई यात्रा गराएर सबै नागरिकहरुको मन जित्न सफल भएको र युरोपियन युनियनको नियम पालना गरिरहेको कतिपय यात्रुहरुले निष्कर्ष निकालेका थिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *