देश विदेश

अपुरो सविधान पुर्नलेखन गर्नुपर्ने :- तराईमधेशका दलितहरु

शेयर गर्नुहोस्

रामएकबाल महरा
काठमाडौ , नेपालको सविधान पाचौ बर्ष प्रबेश गरेको अवसर पारेर नेपाल सरकार , नेपाली राजनितिक दलहरुले सविधान दिवस मनाई रहदा तराई मधेशका दलितहरु असोज ३ गतेलाई कालो दिन त कहि सविधान नै च्यातेर जलाएका छन । नेपालमा उत्पीडित जनताहरुको अधिकारलाई कटौती गरि , दलित , जनजाति , मधेशी , चमार , डोम , मुसहरहरुको छातीको बन्दुख राखेर ल्याईएको सबिधान आफुहरुलाई मान्य नहुने भन्दै प्रदेश २को राजधानी जनकपुरमा दलितहरुले सविधान नै जलाएका हुन ।

उनिहरुले सविधान बनाए पश्चाप्त आफुहरु माथि अत्याधिक दमन , राज्यबाटै हत्या , हिसां , गैरदलितहरुद्धारा अत्याधिक चरम विभेद खेप्नु परेको भन्दै यो सविधानको कुनै औचित्यनै नभएको उनिहरुले निष्कर्ष निकालेका हुन । बहुजनबादी संयुक्त दलित संघर्ष समितिको अगुवाईमा प्रदेश २ का दलितहरुले नेपाल प्रहरीकै अगाडी सविधान जलाएका थिए ।

सविधान जलाउन प्रहरीद्धारा हत्या गरिएका स्वर्गीय शम्भु मुसहरको आमा , गाउलेहरु , मुसहर समाजका प्रतिनिधिहरु , चमार समाजका प्रतिनिधिहरु लगाएतले असोज तिन गते आफुहरुको लागि कालो दिन भएको र आफनो छोराहरुको हत्यारा नेपाली पुलिसहरुलाइृ कारवाही नभएसम्म यो सविधान नमान्ने बताएका थिए । नेपालमा पछिल्लो लकडाउनका बेला दलितहरु माथि अत्याधिक अत्याचार गरिएको , कहि कतैबाट आफुहरु न्याय नपाएकोले सविधान जलाएको सघंर्ष समितिका केन्द्रिय संयोजक चन्द्रेश्वर दासले बताए ।

संयोजक दासका अनुसार नेपाली राज्य सत्ता नै अहिले तराई लगाएत देशै भरिका दलितहरुको हत्या गराई रहेको अरोप लगाउदै अपुर्ण सविधानको कुनै औचित्य नभएको र अब सविधान पुर्नलेखन गर्नुपर्ने माग गरे ।

यता चमार कल्याण समाज नेपालले एक प्रेस विज्ञाप्ती जारी गर्दै असोज ३ गते कालो दिवसको रुपमा मनाएको जनाएको छ । चमार कल्याण समाज नेपालका केन्द्रिय संयोजक दिनेश चमारले विभिन्न १५ बुदे माग गर्दै यो अपुरो सविधान आफुहरुको अधिकार कटौती गरेकोले आफुहरुमो माग राज्यले सम्बोधन गरि आफनो समुदायहरु माथि भैरहेको अत्याचारलाई नरोके सम्म यो सविधान आफुहरुलाइृ अमान्य हुने बताएका छन । संयोजक चमारले १ हरेक कार्यलयमा जनसख्यांको आधारमा हाम्रो समुदायका प्रतिनिधित्व ,२ जातको आधारमा विभेद गर्नेलाई हदै सम्म कारहवाही ३ विगत २०० बर्ष देखि हामीहरु माथि नेपाली राज्य सत्ताले गरेको विभेदको क्षतिपुर्ति

४ हरेक स्कुल , सरकारी कार्यलयहरुमा अरु समुदाय सरह काम गर्ने , पढन पाउने , ५ हरेक सर्बजनिक निकायमा हाम्रो पनि अरुसमुदाय जस्तै समान उपभोगको अधिकार ६ राजनितिक दलहरुमा मधेशका चमार , डोम , मुसहरआदी पिछाडिएकाहरुको समानुपातिक समाबेशीकरण ७ नेपालमा सबै नागरिकहरुको जग्गा जमिन समान होस ८ नेपालमा रहेका जमिन्दारी प्रथाको अन्त्य
९ स्थानिय निकायहरुले अहिले चमार , डोम , मुसहरहरुको बस्तिमा रोड बनाउने क्रममा विभेद , खानेपानी , बाटोमा आवतजावतमा अवरोध आदी जस्ता कुकर्मको अन्त्य होस १० हामीपनि मानव हो हामीसगं मानवको रुपमा ब्यवहार गर्न राज्य , स्थानियदेखि केन्द्र शासकहरुले , स्थानिय गैरदलित समुदायहरुसगं आग्रह ११ सविधान जारि गर्दा हाम्रा समुदायका हाम्रा छोरी चेलीहरुको सिउदो पुछिरहेको दिनलाई कदपी हामी आफनो सविधान मान्दैनौ ।।
१२ नेपालमा चमार, डोम , मुसहरसमुदायबाट राज्यद्धारा हत्या गरिहएकाहरुको सम्मान पुर्वक सहिद घोषणा १३ नेपालको पुलिस , सेनामा मधेशी दलितहरुबाट ३००० जति युवाहरुको समुहिक प्रबेश १४ महामनाव भगवान गौतम बुद्धले दिनुभएको सहि मार्गलाई देश भरिका विद्यालयहरु , मठमन्दिर , पौवा , मदरसा आदीमा पढाईनु पर्ने १५ नेपाली शासकहरुले छाला , अनुहार , भाषा , जातपात आदीको आधारमा विभेद अन्त्य नगरेसम्म यो सविधानको कुनै औचित्य छैन लगाएतका मागहरु उल्लेख गरेका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *