देश विदेश

नयाँ विवाह गर्नेलाई सरकारले नै साढे ६ लाखभन्दा बढी रकम दिने

शेयर गर्नुहोस्

टोकियो । जापानमा नयाँ विवाह गर्ने दम्पतीलाई सरकारले नै नगद रकम दिने भएको छ । नयाँ विवाह गर्ने दम्पतीले एकमुष्ट रुपमा ठूलो नगद रकम दिने भएको हो । सरकारले नवविवाहित दम्पतीलाई ५ हजार ७ सय अमेरिकी डलर (नेपाली साढे ६ लाखभन्दा बढी रकम) नगद दिने भएको हो ।विवाहलाई प्रोत्साहन दिन सरकारले ल्याएको कार्यक्रम अवलम्बन गर्ने नगरपालिकामा बस्ने दम्पतीहरुले आगामी अप्रिलदेखि नयाँ वैवाहिक जीवन शुरु गर्दा भाडा र अन्य खर्च भर्पाइ स्वरुप सो रकम पाउनेछन् ।जापानको जन्मदर निकै न्यून छ । यसको कारण ढिला विवाह गर्नु वा अविवाहित नै रहने प्रवृत्ति हो । यस्तोमा एक मुष्ट रुपमा ठूलो रकम दिने र यस कार्यक्रममा थप जोडीलाई ल्याएर विवाहका लागि प्रोत्साहित गर्ने प्रयासमा सरकार छ।यस कार्यक्रमका लागि योग्य हुन पती र पत्नि दुबैको उमेर विवाह दर्ता हुने मितिसम्ममा ४० भन्दा कम हुनु पर्नेछ र संयुक्त आय ५४ लाख येन भन्दा कम हुनु पर्नेछ । ३५ वर्षसम्मका दम्पतीका लागि भने संयुक्त आम्दानी ४८ लाख येन तोकिएको छ ।

अभियानमा आधा खर्च स्थानीय सरकारले बेहोर्नु पर्ने भएकोले जुलाईसम्ममा २८१ नगर अर्थात जापानका सबै शहर र गाउँको १५ प्रतिशतले यो कार्यक्रम अबलम्बन गरेका छन् । यो संख्या बढाउन केन्द्र सरकारले आर्थिक वर्ष २०२१ देखि भने दुई तिहाई खर्च बेहोरिदिने बताइएको छ।दम्पतीहरुले २ मात्रै सन्तान जन्माउने प्रवृत्ति बढेसँगै जापानमा जन्मदर घटेको छ । यो समस्या सम्बोधन गर्न सरकारले विविध प्रयास गरिरहेको छ । गत वर्ष जापानी महिलाले जीवनभर जन्माउने बच्चाको संख्या १ दशमलव ३६ पुगेको भएपनि सो अवधिमा ८ लाख ६५ हजार मात्रै शिशुको जन्म भएको थियो । यो अहिलेसम्मकै न्यून हो ।

japanese couple

आर्थिक कठिनाईका कारण पनि जापानीहरु विवाहप्रति निरुत्साहित भएको सन् २०१५ मा गरिएको सर्वेक्षणले देखाएको थियो । त्यसैले पनि विवाहका लागि आर्थिक प्रोत्साहनलाई प्रभावकारी ठानिएको हो।आइतबार सार्वजनिक जापानको जनसंख्याको तथ्यांक अनुसार गत वर्ष २ लाख ९० हजार जनसंख्या घटेको छ । यसैगरि ६० बर्ष वा सो भन्दा बढी उमेरका बृद्धबृद्धाहरुको संख्या बढेर अहिलेसम्मकै उच्च ३ करोड ६० लाख पुगेको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *