देश विदेश

किशोरीलाइ बली दिन भारत लैजाँदै गर्दा…

शेयर गर्नुहोस्

काठमाडौं। तान्त्रिक विद्या आर्जनका लागि एक किशोरीलाई भारतमा बली दिनका लागि लैजान लागेको आशंकामा प्रहरीले विराटनगरबाट ३ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट सप्तरीको विष्णुपुर ५ का २८ वर्षीय सुमित कुमार मण्डल, तिलाठीकोइलाडीका २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङको लेटाङ घर भई सुनसरीको रामधुनी ५ झुम्कामा डेरा गरी बस्ने १७ वर्षीया मनिका ढकाललाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले किशोरीलाई भारत लान लागेको अवस्थामा तीन जना पक्राउ गरिएको बताए। जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार ती किशोरीलाई तान्त्रिक विद्या आर्जनका लागि मानव बलि दिनुपर्ने भएकाले भारत लान लागिएको आशंकामा अनुसन्धान भैरहेको छ।

‘हामीले अनुसन्धान गरिरहको छौं कुन प्रयोजनका लागि उनलाई भारतमा लैजान लागिएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन’, एसपी खड्काले भने। पक्राउ परेका व्यक्तिहरुले सुनसरीको रामधुनी नगरपालिका ५ झुम्काकी १७ वर्षीया किशोरीलाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका १७ इस्लामपुरको बाटो हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। ती किशोरीलाई साना हातहरू नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको थियो।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *