देश विदेश

तास्मानियाको समन्द्री किनारमा थुप्रिए ४७० होयल । नेताले बाटो बिराउदा अधिकांशको गयो ज्यान

शेयर गर्नुहोस्

होबार्ट/ अष्ट्रेलियाको तास्मानिया राज्यको समुन्द्री किनारमा ४ सय ७० होयल माछा भेटिएका छन् । पाइलट होयल भनेर पनि चिनिने ती माछामध्ये अधिकांश मरिसकेको अधिकारीहरुलाई उदृत गर्दै संचारमाध्यमहरुले जनाएका छन् ।
सोमबार तास्मानियाको मक्वेरी हार्बरमा २ सय ७० वटा होयल समुन्द्री किनारमा छटपटाइरहेको अवस्थामा भेटिएको थियो । उक्त स्थानबाट झण्डै १० किलोमिटर पश्चिममा बुधबार बिहान थप २ सय ह्वेल भेटिएको हो ।
यसअघि भेटिएका होयलहरु कति जिवित छन् भनेर हवाई निरिक्षण गर्ने क्रममा थप ह्वेलहरु भेटिएका हुन् । पछि भेटिएका होयलहरु अधिकांश मृत अवस्थामा रहेको बताइएको छ । स्थानिय संचारमाध्यमहरुले समुन्द्र किनारमा असरल्ल लडिरहेका होयलका तस्बिरहरु सार्वजनिक गरेका छन् । यो दृश्यले धेरैलाई स्तब्ध बनाएको छ ।समुन्द्री किनारमा अड्किएका होयललाई उद्दार गरि समुन्द्रमै फर्काउनका लागि उद्दार टोली खटिएको छ । ६० जनाको सिपालु टोली ह्वेलको उद्दारमा खटिएका छन् । यो टोलीले हालसम्म २५ वटा होयललाई सकुशल समुन्द्रमै फर्काइसकेको छ । केही होयल आफै पौडिएर पानीभित्र फर्किएका छन् । अन्य जिवित होयललाई समुन्द्रमा फर्काउन अझै केही दिन लाग्ने बताइएको छ । यो घटनालाई भने समुन्द्री जीवबारे अध्ययन अनुसन्धान गर्ने वैज्ञानिकहरुले पनि विरलै हुने घटनाको रुपमा हेरिरहेका छन् ।

सयौ मृत होयल माछा समुन्दी किनारमा लडिरहेको दृश्य Photo- ABC

२ टनसम्मको तौल रहेका होयलहरु समुन्द्र किनारको कम पानीमा आधा शरिर बाहिर निकालेर अप्ठ्यारो गरि पौडिरहेको दृश्य देखिन्छ । कम गहिरोको पानीमा यत्ति ठुलो जीव त्यसमाथी पनि सयौको संख्यामा रहदा अक्सिजन नपुगेर अधिकांश होयलको ज्यान गएको हुनसक्ने आंकलन गरिएको छ ।
होयलहरु यत्ति ठुलो संख्यामा किन र कसरी समुन्द्र किनारमा आए भन्ने यकिन कारण खुलिसकेको छैन ।
अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न प्रजातिका ह्वेल माछाहरुले विभिन्न ऋतुमा सयौ संख्यामा बसाइसराई गर्ने गरेका छन् । यस्तो यात्रामा सामाजिक मानिने पाइलट ह्वेलले आफ्नो नेता पछ्याउने गर्छन । नेताले कहिलेकाहि गलत बाटो समाउदा गन्तव्यको साटो किनारमा आइपुग्ने गरेको वैज्ञानिकहरुको दाबी छ । सन् २०१८ मा न्युजिल्याण्डमा २ सय पाइलट ह्वेल मृत भेटिएका थिए ।  photo- ABC


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *