देश विदेश

नेपालीको ज्यान मारेको अभियोगमा एक नेपाली सुरक्षागार्ड पक्राउ

शेयर गर्नुहोस्

मलेशिया प्रहरीले एक नेपाली सुरक्षा गार्डलाई एक नेपालीको नै हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पर्ने ३० बर्षिय ति नेपाली पहाङको तरकारी खेती लगाइएको स्थानमा पक्राउ परेको प्रहरीले जनाएको छ ।बनर्माका अनुसार गत विहिवार अपरान्ह २ः४० मा प्रहरीमा केहि विदेशी नागरिकबीच झगडा भएको सुचना प्राप्त भएको थियो । प्रहरी पुग्दा घटनास्थलमा एक २७ बर्षिय नेपाली मृत अवस्थामा फेला परेका थिए । घटनास्थलमा एउटा छुरी बरामद भएको र ति व्यक्तिको छुरी प्रहारका कारण नै मृत्यु भएको देखिएको प्रहरीले बताएको छ ।

हत्या गरिएका व्यक्ति र शंकास्पद भन्दै पक्राउ परेका व्यक्ति दुवै स्थानीय एक कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेको तथा कम्पनीले उपलव्ध गराएको आवासमा ६ महिनायता सँगै बस्दै आएका थिए ।दुवैले रक्सी पिएको र झगडा भएपछि एकले अर्काको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *