देश विदेश

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना महामारी कायमै रहेको नेपालमा सातमा दुई दिन सार्वजनिक विदा दिने तयारी गरिदैछ । डा.केसीको पक्षमा निरन्तरको प्रदर्शन र बैंकमा थुप्रिएको निक्षेप र लगानीको अवस्थासँगै प्रमुख पाँच खबर यस्ता छन् ।

नेपालमा पनि अब साताको दुई दिन सार्वजनिक विदा !
आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित नेपालमा समेत हप्तामा दुई दिन सार्वजनिक विदा दिने गरि तयारी गरिदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा पेश गर्ने तयारी गरेको हो । अध्ययन प्रस्ताव तयार गर्न भन्दै पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोईरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मी सदस्य रहेको एक समिति गठन गरिएको छ । समितिलाई अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिलाई समेत सामेल गरेर अध्ययन प्रस्ताब तयार गर्ने जिम्मेवारी दिइएको छ । नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसमेतको सहयोगमा आन्तरिक पर्यटन प्रवर्द्धनको योजना बनाउने क्रममा सातामा दुई दिने सार्वजनिक बिदाको प्रस्ताव तयार पारेको हो । एक दिनको बिदाले घुमघाममा समय नपुग्ने भन्दै विदेशका धेरै देशहरुमा साताको दुई दिन सार्वजनिक बिदा दिने प्रचलन रहेको छ ।

कोरोना संक्रमित बढ्दै
थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ । ४५७ जना देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५० हजार ४११ पुगेको छ । वितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । बिहिबार काठमाडौं उपत्यकामा ७५५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा.केसीको पक्षमा प्रदर्शन
निरन्तरको झरीलाई समेत बेवास्था गर्दै डा.गोविन्द केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । डा. केसीको सत्याग्रहको ११ औँ दिनमा केसी समर्थकहरुले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेका हुन् । पीपीइ, भाइजर र प्लेकार्ड बोकेर झरीमा रुझ्दै माइतिघर पुगेका युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरे । उनीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएस अध्ययन सुरु गर्न माग गरेका थिए । प्रदर्शनका क्रममा केसीका समर्थक र प्रहरीबीच केहीबेर निषेधित क्षेत्र तोड्ने क्रममा तनावको स्थिति देखिएको थियो ।

राष्ट्र बैंकले तान्यो ३० अर्ब तरलता
नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ तरलता खिचेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) धेरै भए पछि राष्ट्र बैंकले बोलकवोल मार्फत ३० अर्ब रुपैयाँ खिचेको हो । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा २ सय अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुप्रिएको छ । बैंकहरुमा तरलता थुप्रिए पछि राष्ट्र बैंकले २८ दिनका लागि बोलकवोलबाट तरलता खिच्न सूचना जारी गरेर ३६ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ३० अर्बको डिपोजिट अक्सन खिचेको हो । यी बैंक तथा वित्तीय संस्थाहरुले ९२ अर्ब रुपैयाँ २८ दिनका लागि निक्षेप राख्न आवेदन गरेका थिए ।

होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई सहुलियतपूर्ण कर्जा
ग्लोबल आइएमई बैंकले देशभरका होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई सहुुलियतपूर्ण व्याजमा कर्जा उपलब्ध गराउने भएको छ । होटल व्यवसायी महासंघ र बैंकले सम्झौता गरेर नेपालमा आबद्ध देशभरका होटल तथा रेस्टुरेन्टले सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिनेबारे सहमति गरेका हुन् । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले हस्ताक्षर गरेका छन् । होटल व्यवसायी महासंघ नेपालसँग आवद्ध व्यवसायीलाई आर्थिक कारोबारमा सघाउ पु¥याउन तथा हाल कोभिड–१९ बाट प्रभावित भएको अवस्था समेतलाई दृष्टिगत गरी परियोजना सञ्चालनमा ल्याउन सम्झौता गरेको बताइएको छ ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *