देश विदेश

महामारीकै बिचमा मेलवर्नको एजकेयरमा नाचगान गर्नेमाथी अनुसन्धान हुदै

शेयर गर्नुहोस्

मेलवर्न/कोरोना महामारीकै बिचमा पिपिइ नलगाइ एजकेयर भित्रै नाचगान गरेको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ ।
मेलवर्नको नुनावाडिङस्थित एक एजेकयर होममा स्टार्फहरुले त्यहा बसोबास गर्दै आइरहेका वृद्धवृद्धासंगै नाचगान गरेर रमाइलो गरेको भिडियो सार्वजनिक भएको थियो ।

नाचगानमा सहभागी एक कर्मचारीले टिकटकमा अपलोड गरेको उक्त भिडियोमा केयर कर्मचारीले कोरोनाबाट बच्ने पिपिई नै नलगाइ वृद्धवृद्धासंग नाचेको भन्दै सर्वत्र आलोचना भएको छ । एक कर्मचारीको जन्मदिन मनाउन आयोजना गरिएको कार्यक्रममा कर्मचारीहरुले साडी लगाएर नाचेको दृश्यलाई अष्ट्रेलियन मिडियाले बलिवुड डान्स पार्टीको रुपमा सम्बोधन गरेका छन् । तर, भिडियोमा नेपाली तिजको गितसमेत बजेको सुनिएको छ ।
यो घटना बाहिरिएपछि भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एण्ड्रुले कडा रुपमा आलोचना गरेका छन् । उता एजकेयरका प्रमुख कार्यकारीले भने एजकेयरभित्रै काम गर्ने र बस्नेहरुबिच नाचगान भएकाले खासै ठुलो गल्तीको रुपमा हेर्न नहुने स्पष्टीकरण दिएका छन् । तर, कोरोनाको दोस्रो लहरबाट ग्रसित मेलवर्नमा एजकेयर होम सबैभन्दा बढी प्रभावित भएको थियो । यसअघिनै सबै राज्यका एजकेयर होमले संक्रमणको अवस्था मुल्याकंन गरि स्टाफहरुलाई अनिवार्य पिपिई लगाउन थालेका थिए । यो घटनालाई अब एजकेयर वाचडगले अनुसन्धान गर्ने भएको छ । सार्वजनिक भएको भिडियोलाई एजकेयर क्वालिटी एण्ड सेफ्टी कमिसनले पनि अनुसन्धान गरिरहेको छ ।

 


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *