देश विदेश

नेपाल अपडेट : कोरोना कहरदेखी कालोबजारी रोक्ने पहलसम्म

शेयर गर्नुहोस्

काठमाडौं । कोरोनाको कहर बढ्दैगर्दा स्वदेश आउने क्रम रोकिएको छैन । बरु दशैतिहार नजिकिएको नेपालमा चाडपर्व लक्षित बजार अनुगनले तिब्रता पाएको छ । नेपाल उद्याग वाणिज्य महासंघको चुनावी दौड लगायत नेपाल बारेका प्रमुख पाँच खबर यस्ता छन् ।

कोभिड–१९ अपडेट
पछिल्लो २४ घण्टामा १३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा एकैदिन ४५३ महिला र ८६० पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ ले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्र १,४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५०३, ललितपुरका ९१, भक्तपुरका ५१, मोरङका ६९ जना, चितवनका ६७, रुपन्देहीका ६१, महोत्तरीका ५५, सर्लाहीका ३९, बाँकेका ३२, सुनसरीका २८, अछाम र बझाङका २५र२५ जना, नवलपुरका २४, कास्कीका १९, गोरखाका १६, पर्साका १५, झापा र सल्यानका १४र१४ जना, सिराहा र प्युठानका १३र१३ जना, धनुषाका ११, बाराका १०, मकवानपुर, दाङ र सुर्खेतका ९र९ जना, बाग्लुङका ८ जना, काभ्रेका ७ जना, कपिलवस्तु, गुल्मी, पाल्पा, बर्दिया र कैलालीका ६र६ जना, लमजुङका ५ जना, धादिङ, रामेछाप, स्याङ्जा र अर्घाखाँचीका ४र४ जना, खोटाङ, सप्तरी र नुवाकोटका ३र३ जना, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी र डोटीका २र२ जना तथा ताप्लेजुङ, तेह्रथुम, रौतहट, दोलखा तनहुँ, दैलेख, कञ्चनपुर र दार्चुलाका १र१ जनामा संक्रमण देखिएको छ ।

ओमानबाट थप १७५ जना स्वदेश फर्किए
ओमानमा कोभिड–१९ को मारमा परेका कारण स्वदेश फर्किन दूतावासमा नाम टिपाएकामध्ये शुक्रबार सातौं उडान मार्फत १७५ नेपाली नेपाल आइपुगेका छन् । ओमानस्थित नेपाली दूतावासका अनुसार सलाम एअरको इख्(द्धद्दठ को उडानमा ४६ महिलासहित १२९ जना पुरूष नेपाल फर्किएका हुन् । योसँगै ओमानबाट स्वदेश फर्किने नेपालीको संख्या ११७८ पुगेको दूतावासले जानकारी दिएको छ । विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बिदाई गर्नुभएको थियो । यात्रामा सहभागी नेपालीहरूले दूतवासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकोमा राजदूत तथा दूतावासलाई धन्यवाद दिएका थिए । ओमानको सर्वोच्च समितिको निर्णय अनुसार आगामी अक्टोवर १ देखि ओमानको अन्तराष्ट्रिय विमानस्थल खुल्ने भएकोले ओमान–नेपालबीच आगामी अक्टोवरबाट नियमित उडान शुरू हुने र सोही उडानहरूबाट पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पूरा गरी सहज रूपमा नेपाल फर्किन पाइनेछ ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षले दिए राजीनामा
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले आफ्नो कार्यकाल सकिने पूर्वसन्ध्यामा राजीनामा दिनुभएको छ । शुक्रबार बुझाएको राजीनामा काउन्सिल बोर्डले स्वीकृत गरेको छ भने वरिष्ठ सदस्य गोपाल बुढाथोकीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको छ । काउन्सिलमा श्रेष्ठको कार्यकाल असोज १३ गते सकिँदैछ । चार दिनअघि कार्यबाहक अध्यक्षबाट राजीनामा दिनुभएका श्रेष्ठ पदावधि बाँकी रहँदासम्म सदस्यका रुपमा रहनेछन् । काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप रोक्न आफूले राजीनामा दिएको श्रेष्ठको दाबी छ । सरकारले केही एक महिनाअघि दुर्गा भण्डारी पौडेललाई कार्यबाहक अध्यक्ष नियुक्त गरेपनि काउन्सिल बोर्ड सर्वोच्च अदालत गएपछि अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न गरेको अन्तरिम आदेशबाट श्रेष्ठ आफ्नो पदमा यथावत रहनु भएको थियो । सरकारले दुई वर्षअघि काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्न उठेपछि अदालतमा मुद्दा प¥यो, जुन मुद्दा अहिले पनि विचाराधीन छ । सो मुद्दा नटुंगेसम्म कार्यवाहक अध्यक्षले काउन्सिलको नेतृत्व गर्नेछन्, जो काउन्सिल बोर्डले तोक्नसक्छ ।

उद्योग वाणिज्य संघको चुनाव आगामी मंसिरमा
गृह मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मंसिरमा महासंघको साधारणसभा एवं चुनाव गर्न गृह मन्त्रालयबाट सहमति प्राप्त भएको जानकारी दिनुभएको हो । गृह मन्त्रालयले विद्युतीय माध्यमबाट साधारणसभा गर्न र निर्वाचनको मतदान गर्दा एक पटकमा २५ जनाभन्दा बढी जम्मा नहुनेलगायत स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी अनुमति दिएको पाइएको छ । बरिष्ठ उपाध्यक्ष गोल्छाले अब छिट्टै नै साधारणसभा र चुनावको मिति तोकिने जानकारी दिनुभयो । कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर लकडाउन हुँदा २०७६ चैत महिनामा गर्नुपर्ने महासंघको महाधिवेसन समेत प्रभावित भएको थियो ।

चाढपर्व लक्षित बजार अनुगमन
सरकारले दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई तिब्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १० वटा टोली गठन गरेर चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिएको जानकारी दिएको हो । विभागले ४÷५ वटा टोलि मार्फत बजार अनुगमन गर्दै आएको छ । खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलको अनुगमनलाई अहिले तिब्रता दिइएको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकि छदै विभागले अनुगमनलाई तिब्रता दिएको बताइएको छ । विभागले सबै अनुगमन टोलीलाई निश्चित स्थान नै ताकेर अनुगमनमा परिचालन गरेको छ । खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमा समेत क्षेत्र तोकेर अनुगमनलाई तिब्रता दिइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिइएको छ ।


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *