देश विदेश

भिक्टोरियाका नयाँ स्वास्थ्यमन्त्रीमा मार्टिन फोली, मन्त्रिपरिषद्मा थप फेरबदलको चर्चा

शेयर गर्नुहोस्

अष्ट्रेलिया, मेलबर्न । अष्ट्रेलियास्थित कोरोना भाईरसका कारण सबैभन्दा बढी प्रभावित बनेको राज्य भिक्टोरियामा स्वास्थ्यमन्त्री फेरिएका छन् । यसअघिकी स्वास्थ्यमन्त्री जेनी मिकाकोसले शनिबार राजीनामा दिएपछि सरकार प्रमुख प्रिमियर डेनियल एन्ड्रयूले नयाँ स्वास्थ्यमन्त्रीका रुपमा मार्टिन फोलीलाई नियुक्त गर्नुभएको हो ।

होटल क्वारेन्टिनमा लापर्वाही भएका कारण कोरोना विस्तार भएको भन्दै गरिएको छानविनका क्रममा प्रिमियरसँग निवर्तमान स्वास्थ्य मन्त्री मिकाकोसको विमति भएपछि राजीनामा दिएकी थिइन् । सरकार प्रमुख एन्ड्रयूले राजीनामा नै दिइकसेका कारण ठीकै सोचेर निर्णय गरेको होला भन्ने प्रतिक्रिया सहित मिकाकोसलाई उनले गरको सेवाका लागि धन्यवाद दिनुभएको छ । केही दिनमा भिक्टोरियाको मन्त्रिपरिषद्मा थप फेरबदल हुने आँकलन समेत गर्न थालिएको छ । Photo:SBS News


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *