देश विदेश

‘यात्रा गरेको दुई हप्ताभित्र कुनै लक्षण नदेखिए कोरोना परीक्षण गर्नु पर्दैन’

शेयर गर्नुहोस्

काठमाण्डाै – सरकारले यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सबैमा आग्रह गरेको छ । सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ/छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई हप्तासम्म क्वरेण्टीनमा बस्नुपर्ने र यस अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

दुई हप्तासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पीसीआर परीक्षण गर्नु आवश्यक नहुने उहाँको भनाइ छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उहाँले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गर्नुभयो ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाण्डाै भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पीसीआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले काठमाण्डाै भित्रिने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

उहाँले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई हप्तासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गर्नुभयो । ‘कोठामा बस्ने हरेक मानिस तपाईँका परिवारका सदस्य जस्तै हुन्, सधैँ पैसा तिरेर तपाईँको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्दछु’, उहाँले भन्नुभयो ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *