संक्रमण रोक्न सोमबारबाट लार्नाका र फामागुस्तामा थप नयाँ नियम लागु हुने

शेयर गर्नुहोस्
समिम मियाँ
लिमासोल/ ०२ सेप्टेम्बर २०२०

साइप्रस सरकारले लार्नाका र फामागुस्ता जिल्लाहरुमा कोरोना संक्रमण फैलिन बाट रोक्न थप नयाँ कदम चालेको छ। केहि हप्ता देखि लगातार बढी रहेको कोरोना संक्रमणले स्वास्थ्य मन्त्रालय चिन्तित बनेको छ।पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ भने आज सम्म कोरोना संक्रमित को जम्मा संख्या १७८९ पुगिसकेको छ। खास गरि लार्नाका जिल्लाका फुटबल क्लब का कर्मचारी तथा खेलाडीमा संक्रमण देखिए पछि यो संख्या दिन प्रतिदिन संक्रमण बढ्दै गएको देखिएको छ। अक्टोबर ५ तारिख सोमबार देखि दुइ हप्ताका लागि यो नियम लागु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। लार्नाकामा सेप्टेम्बर २४ तारिख देखि नै विभिन्न गतिविधि गर्न नपाइने गरि २ हप्ताको लागि जारि नियम कायम नै छ जसमा २ हप्ता थप गरिएको हो। पछिल्लो पटक तिन हजार कोरोना परिक्षण निशुल्क गर्ने कार्यक्रम मा थप तिन हजार परिक्षण गर्ने घोसणा गरिएको छ।

नयाँ घोसणा गरिएको नियम अनुसार १८ वर्ष मुनिका एथलीटहरूको प्रशिक्षण र प्रतिस्पर्धा निषेध गरिएको छ। जसमा फुटबल, बास्केटबल, ह्यान्डबल, कराटे, आदि सबै खेलहरू र कार्यक्रमहरू समावेश छन्। त्यस्तै शिक्षा, संस्कृति, खेलकुद तथा युवा मन्त्रालयद्वारा आयोजना हुने दिउँसो खेलकूद सम्बन्धी सम्पूर्ण गतिविधिहरु बन्द रहनेछन्। सांस्कृतिक कार्यक्रम, इभेन्ट या थियटरका लागि तयारीको अभ्यासहरु मा नियम पालना गरिएको/नगरिएको कडा रुपमा निगरानी गरिने बताइएको छ। स्थानिय मिडियाका अनुसार यस सम्बन्धि थप घोसणा भोलि हुने छ। लार्नाका जील्लामा सेप्टेम्बर २४ देखी विभिन्न नियम लागु छन् जस अन्तर्गत घरमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन निषेधित छ । त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ।।साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।

ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर र २ स्क्वायर मिटर कायम गरिएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।

यो पनि पढ्नुहोस् : एक सय युरो फिर्ता नदिदा हत्याको प्रयास

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *