देश विदेश

पोर्न साइटमा देखिन थाले ‘कपल च्यालेञ्ज’का फोटो !

शेयर गर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानकारी उदाङ्गो पारिरहेका छन् । जसको आधारमा ह्याकरले निशाना साँध्न सक्ने जोखिम निकै छ ।
यदि तपाईं पनि हाँस्दै मुस्कुराउँदै गरेको आफ्नो पार्टनरसँगको फोटो ह्यासट्याग कपल च्यालेञ्ज सहित फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा पोस्ट गरिरहनु भएको छ भने सतर्क रहनुहोस् । यो ह्यासट्याग मात्र नभएर ह्याकरले व्यक्तिगत जानकारी संकलन गर्न बुनेको जाल भएको साइबर सुरक्षा विज्ञहरुको विश्लेषण छ । सेल्फी लिँदा त ठीकै छ ।त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्नु पनि स्वभाविक नै मान्न सकिन्छ । तर यदि तपाईं सामाजिक सञ्जालमा चलिरहेका ह्यासट्याग ट्रेन्डमा आफ्नो तस्वीर तथा निजी जानकारी पोस्ट गरिरहनु भएको छ भने त्यो अरुका लागि तपाईंको च्यालेञ्ज नभएर आफ्नै जीवनमाथिको च्यालेञ्जको रुपमा आइलाग्न सक्छ ।


यो ट्रेन्ड नेपालमा मात्र नभएर अहिले छिमेकी देश भारत, बंग्लादेश लगायतका मुलुकमा पनि खुबै चलेको छ । अहिलेसम्म करिब ३० लाख प्रयोगकर्ताले कपल च्यालेञ्जको रुपमा आफ्ना पार्टनरसँगको फोटो फेसबुकमा शेयर गरिसकेका छन् ।

हुँदा हुँदा यो विषय भारतको प्रहरी समक्ष पुगेको छ । भारतको पुणे प्रहरीले आफ्नो ट्वीटर ह्याण्डलमार्फत प्रयोगकर्ताहरुलाई यो च्यालेञ्जबाट जोगिन अनुरोध गरेको छ ।ट्वीटमा भनिएको छ, ‘आफ्ना पार्टनरसँगको फोटो पोस्ट गर्नु अघि दुई पटक सोच्ने गर्नुहोस् । यदि सावधानी अपनाउनु भएन भने यो च्यालेञ्ज गलत सावित हुनसक्छ ।’

यस प्रकारका च्यालेञ्ज चलाएर ह्याकरले प्रयोगकर्ताका निजी तस्वीरहरुलाई निशाना बनाउँछन् । जसलाई विश्वभर रिभेञ्ज पोर्न तथा डिप फेक प्रविधिको शिकार बनाइन्छ ।कयौं व्यक्तिहरु, खास गरेर महिलाहरु डिप फेकको शिकार हुने गरेका छन् । जसमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर कसैको तस्वीर अर्को कुनै व्यक्तिको शरीरमा यसरी जोडिन्छ कि त्यो वास्तविक जस्तै देखिन थाल्छ ।

आम सर्वसाधारणदेखि ठूला सेलिब्रेटी समेत यस किसिमका डिप फेकका शिकार भइसकेका छन् । केही दिनको अन्तरालमा सामाजिक सञ्जालमा फरक फरक किसिमका च्यालेञ्जहरु आइरहेका छन् ।
यस्तैमा आएका च्यालेञ्ज मध्ये कपल च्यालेञ्ज पनि एक हो । कपल च्यालेञ्जमा सहभागी केही व्यक्तिको फोटो पोर्नग्राफिक साइटहरुमा देखिएका खबर आउन थालेका छन् ।डिप फेक बाहेक यस किसिमका च्यालेञ्जबाट व्यक्तिका सम्पूर्ण निजी जानकारी नकालिन्छ, जसको प्रयोग ब्ल्याकमेल गर्नका लागि उपयोग हुनसक्छ । त्यसैले सामाजिक सञ्जालमा आफ्नो फोटो तथा निजी जानकारी शेयर गर्नु अघि सावधानी अपनाउने गर्नुहोस् ।

श्रोत : टेकपाना

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *