आइनापामा चक्कु प्रहार गर्ने २ जना पक्राउ,

शेयर गर्नुहोस्

फामागुस्ता प्रहरीले ज्यान मर्ने प्रयास गरेको आरोपमा २ जनालाई गिरफ्तार गरेको छ। पक्राउ पर्नेमा २५ वर्षीय र २२ वर्षीय ब्रिटिस नागरिक रहेको बताइएको छ। हिजो शुक्रबार बिहान २७ वर्षीय व्याक्तिको आइनापामा चक्कु हानि मार्ने कोसिस गरिएको थियो जो गम्भीर अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार प्रारम्भिक जांच र प्राप्त प्रमाण अनुसार एक आरोपी ब्रिटिस बेस मा सेवारत भएको पाइएपछि वारेन्ट जारि गरेको थियो। ढेकेलिया ब्रिटिश वेशले आफ्नो कानुनी प्रक्रिया पुरा गरि आरोपीलाई फामागुस्ता प्रहरीमा सुम्पिएको हो। अर्का आरोपी भने घटनास्थल बाटै लागु पदार्थ कोकिन सहित पक्राउ परेका स्थानीय मिडियाले जनाएका छन्। २२ वर्षीय आरोपी बाट फलामे छड पनि फेला पारेको छ जुन घटनामा प्रयोग भएको हुन् सक्ने अनुमान गरिएको छ। उनीहरु दुवैलाइ आज अदालत मा पेश गरि अनुसन्धानको लागि थप समय लीने प्रहरीको तयारी छ। घाइते भएका २७ वर्षीय व्यक्ति पनि ब्रिटिस नागरिक हुन्। उपचार पश्चात उनि खतरामुक्त रहेको बताइएको छ। त्यस्तै, बिहिबार एक सय युरो को लागि मार्ने प्रयास मा घाइते भएका व्याक्ति भियतनामी नागरिक भएको खुलेको छ।

पापोस बाट ४ जना पक्राउ

पापोस प्रहरीले ४ जनालाई हतियार सहित झगडा गरेको भनि पक्राउ गरेको छ। बिहिबार राति मुताल्लोसको मेहमद पाशा एरियामा झगडा गरिएको पाइएको साइप्रस न्युज एजेन्सी ले जनाएको छ। यद्यपि ति चार ले भने आफु हरु यस मा सामेल नभएको बताएका छन्। कुन देश का नागरिक भनि खुलाइएको छैन तर अनुसन्धान भै रहेको बताइएको छ।

यो पनि पढ्नुहोस् : संक्रमण रोक्न सोमबारबाट लार्नाका र फामागुस्तामा थप नयाँ नियम लागु

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *