देश विदेश

श्रम स्वीकृति सोमवार देखि फेरी खुल्ने

शेयर गर्नुहोस्

कर्मचारीलाई कोभिड-१९ भएपछि सेवा स्थगित गरेको वैदेशिक रोजगार कार्यालय, ताहचलको सेवा सोमवार देखि पुनः सुरु हुने भएको छ । यसका लागि कार्यालयमा संक्रमित कर्मचारीको कार्यकक्ष लगायत कार्यालय परिसरमा निर्मलिकरण गरिएको कार्यालयले जनाएको छ ।

यसअगाडी कोभिड संक्रमण भएका कार्यालयका कर्मचारीको नजिक रहेर काम गर्ने कर्मचारीहरुलाई होम आइसोलेसनमा पठाइएको हुँदा सेवा सञ्चालन गर्ने जनशक्ति सिमित हुने भएका कारण ई-टोकनको संख्या समेत सिमित गरिएको वैदेशिक रोजगार कार्यालय, ताहचलका शाखा अधिकृत मातृका सापकोटाले जानकारी दिए । यसबीचमा सेवाग्राहीहरुका बीचमा समेत सामाजिक दूरी कडाईका साथ लागु गरिने उनले बताए ।

तत्काल रोजगारीमा जानु नपर्नेहरुलाई अवको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन समेत कार्यालयले अनुरोध गरेको छ । यसले तत्काल रोजगारीका लागि विदेश जानु पर्नेहरुलाई सहज हुने सापकोटाले बताए ।

आवेदन दिनेहरुलाई सम्वन्धित गन्तव्य मुलुकहरुले कोभिड-१९ को जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न लागु गरेका नियमहरु बारे जानकारी लिन र सोही अनुसार आवश्यक कागजातहरु लगायतको तयारी पुरा गरेर मात्र अनलाइन आवेदन दिन कार्यालयले अनुरोध गरेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *