देश विदेश

प्रवासी देश मलेसियामा चमार समुदायबारे छलफल, विभेदको विरुद्धमा लाग्नुपर्नेमा जोड

शेयर गर्नुहोस्

रामएकबाल राम
नेपालमा अत्यन्त विभेदमा पारिएका चमार समुदायहरुका प्रतिनिधिहरु आज आईतवार प्रवासी देश मलेसियामा आफनो अधिकारका बारेमा अनलाईन छलफल कार्यक्रम सम्पन्न गरेका छन ।

चमार कल्याण समाज मलेसिया शाखाको आयोजनामा भएको छलफल कार्यक्रममा सो देशमा बसोबास गरिरहेका विभिन्न सहरका विभिन्न कम्पनीमा कार्यरत नेपाली चमारहरुको सहभागिता रहेको शाखा सदस्य सुरेन राम चमारले जानकारी दिनुभयो ।

चमारका अनुसार छलफलमा सहभागिहरुले नेपालमा आफनो समुदायहरु माथि भैरहेको अत्याचारको विरुद्धमा लाग्न सबै उत्पीडितहरु लाग्नुको विकल्प नभएको बताएका छन । विभेदका विरुद्धमा सबै अधिकारकर्मीहरुसगं सहकार्य गर्दै चमार कल्याण समाज नेपाल लागि परेकोले विश्व भरमा रहेका चमारहरु एकिकृत हुनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

चमार कल्याण समाज मलेसिया शाखाका केन्द्रिय संयोजक नन्दलाल चमार रामको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाली राज्य सत्ताद्धारा हत्या गरिएका रौतहटका विजय राम चमारको हत्याराहरुलाई कारवाही गर्नु पर्ने चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य उदय नारायण चमारले माग गरेका थिए । छलफल कार्यक्रममा चमार कल्याण समाज नेपाल सदस्य सोनेलाल चमार , समाजको प्रवासी देश साउदी अरेवियाका संयोजक सुरेन्द्र कुमार महरा चमार , मलेसियाको क्वाललम्पुर सहरबाट अनेश चमार , विजय चमार , काशि हरिजन , श्रीराम चमार महरा , रामविश्वास चमार , योगेन्द्र राम , रामपुजन चमार , सिकेन्द्र चमार राम , जोहरबारु सहरबाट सतिश चमार , योग नारायण राम चमार , सुरेश राम , पेनागं सहरबाट राम किसोर चमार राम , चमार कल्याण समाज साउदी अरेवियाका सदस्य जिवन चमार राम लगाएतको सहभागिता रहेको संयोजक नन्दलाल राम चमारले जानकारी दिनु भयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *