प्रविधी

मेमोरी कार्डलाई इन्टर्नल स्टोरेजको रुपमा यसरी गर्नुहोस् प्रयोग

शेयर गर्नुहोस्

काठमाडौं । यदि तपाईंको एन्ड्रोइड स्मार्टफोनमा इन्टर्नल स्टोरेज सीमित छ भने पक्कै धेरै समस्या भाेगिरहनु भएकाे छ होला । इन्टर्नल स्टोरेजको पूर्ण प्रयोग नगर्दा पनि फोनले पर्याप्त स्टोरेज नभएको नोटिफिकेशन दिने गर्छ ।

वास्तवमा आधा वा एक तिहाई स्टोरेज फोनको सफ्टवेयर अपडेटका लागि रहन्छ । यही कारण तपाईंलाई नयाँ एपहरु इन्स्टल गर्न पनि समस्या आउने गर्छ । साथमा फोन क्यामेराबाट भिडियो र फोटो समेत क्लिक हुँदैन ।

आज हामी तपाईंलाई मेमोरी कार्ड वा एसडी कार्डलाई नै इन्टर्नल स्टोरेजको रुपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी दिँदैछौं । यो ट्रिकलाई कुनै पनि एप्लिकेशनको आवश्यक पर्दैन । फोनकाे सेटिङमार्फत याे काम सजिलैसँग सम्पन्न हुन्छ।

मानौं तपाईंको फोनमा ४ जीबीको इन्टर्नल स्टाेरेज र ३२ जीबीको मेमोरी कार्ड छ भने अब फाेनकाे कुल मेमाेरी ३२ जीबीकाे बनाउन सकिन्छ । याे प्रक्रियापछि सबै फाइलहरू मेमोरी कार्डमा सेभ हुनेछन् ।

१. सबैभन्दा पहिले फोनमा एसडी कार्ड राख्नुहोस् । कार्ड डिटेक्ट हुन लाग्ने केही समय लाग्छ ।

२. फोन सेटिङ्समा जानुहोस् र स्टोरेज एण्ड यूएसबी अप्सनमा ट्याप गर्नुहोस् ।

३. स्टोरेज अप्सनकाे तल एसडी कार्डको नाम देख्नुहुनेछ ।

४. एसडी कार्डमा ट्याप गर्नुहोस् । त्यसो गर्नाले नयाँ पेज खुल्नेछ ।

५. अब फाेनकाे स्क्रिनकाे दाहिनेतर्फ माथि तीन भर्टिकल डट्स देखा पर्नेछ, यसमा ट्याप गर्नुहोस् ।

६. यसपछि तपाईंले २ अप्सन देख्नुहुनेछ, जसमा तपाईंले स्टाेरेज सेटिंङ्समा ट्याप गर्नुपर्नेछ ।

Use SD Card Internal 2

७. अब तपाईंले फर्म्याट एज इन्टर्नल अप्सनमा ट्याप गर्नुहाेस् ।अब इरेज एण्ड फर्म्याट अप्सनमा ट्याप गर्नुहोस्। यसपछि एसडी कार्ड फाेनकाे इन्टर्नल स्टाेरेज बन्ने प्रक्रिया सुरू हुनेछ ।

Use SD Card Internal 4

८. अब आफ्नो एसडी कार्ड स्लो भएको नोटिफिकेशन तपाईंले स्किृनमा देख्नुहुनेछ । कन्टिन्यु गर्न ओके बटन थिच्नुहोस् ।

९. यसपछि तपाईंले नयाँ स्टोरेजमा डेटाहरु मुभ गर्न सक्नुहुन्छ ।

श्रोत : Tech News Nepal.

साइप्रस का समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *