देश विदेश

सुकेको घाँसमा लुकेको चन्दननाथको मूर्ति

शेयर गर्नुहोस्

कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिरको मुख्य मूर्तिसहित २८ मूर्ति २०७३ मंसिर ११ गते राति चोरी भए। मन्दिरबाट एकैपटक ठूलो मात्रामा मूर्ति चोरी भएपछि स्थानीय आक्रोशित भए। मन्दिरको शोभा नै हराउन थाल्यो। धार्मिक विश्वास गुम्न थाल्यो। तत्काल मूर्ति  अनुसन्धान गरेर पत्ता लगाउन स्थानीयले प्रहरी प्रशासनलाई आग्रह गरे। गृहमन्त्रालयले सिआइबी अनुसन्धानका लागि खटायो। लामो समयको अनुसन्धानपछि पटक पटक गरेर मूर्ति बेवारिसे अवस्थामा छ। केही मूर्ति खेतको आलीमा, केही मूर्ति कुलोमा त केही मूर्ति घाँसमा भेटिन थाले। प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान जारी रहेको जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा असोज १९ गते शिवजी र भगवति सरस्वतिको मूर्ति घाँसमा लुकाइराखेको अवस्थामा भेटिए। चन्दननाथ नगरपालिका वडा नम्बर १० बोहोरागाउँ निवासी सुशिल विष्टको जग्गामा सुकेको घाँसको थुप्रोमा खादामा बेरेर फालेको अवस्थामा मूर्ति भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधवप्रसाद काँफ्ले बताउँछन्। तत्कालिन अवस्थामा निकै गहिरो अनुसन्धान गर्दा नभेटिएका मूर्ति अहिले धमाधम भेटिरहेका छन्। मूर्ति किन बेवारिसे अवस्थामा भेटिन्छन्? मूर्ति चोरी किन भेटिदैनन् भन्ने विषयमा स्थानीयमा ठूलो आशंक उत्पन्न हुन थालेको छ।

अहिले पनि मूर्ति खोजबिनका लागि प्रदेश प्रहरी कार्यालय कर्णाली सुर्खेत र जिल्ला प्रहरी कार्यालय जुम्लाको टोली खटिएको थियो। अनुसन्धान प्रक्रिया कडा हुुँदै गएपछि चोरले आत्तिएर मूर्ति फालेको हुन सक्ने स्थानीय बताउँछन्। केहीले मूर्ति चोर्दा घरमा अशुभ हुने गरेकोले बाध्य भएर मूर्ति फाल्ने गरेको अनुमान लगाउँछन्।मूर्तिका विषयमा अनुसन्धान गर्नको लागि चन्दननाथ नगरपालिका १० बोहोरागाउँ निवासी वर्ष ३२ का सुुशिल विष्ट, तातोपानी ८ घरभइ हाल चन्दननाथ नगरपालिका १० बस्ने वर्ष २८ का जयलाल थापा र चन्दननाथ १० बस्ने वर्ष २३ का सुदिप रावललाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

मन्दिरबाट चोरी भएका १८ वटा मूर्ति यो भन्दा पहिले देपालगाउँमा भेटिएका थिए। भने दुईवटा मूर्ति दानसाँघुमा भेटि सकेका छन्। हालसम्म जम्मा २२ वटा मूर्ति भेटिसकेका छन्। मूर्ति चोरीमा संलग्न भएको भन्दै चन्दननाथ नगरपालिका १ का चन्दननाथ मन्दिरका पुजारी चन्द्रमौलेश्वर गिरी र जयकृष्ण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर अदालत चलान गरेको थियो। उनीहरु कैद भुक्तान काटेर बाहिर निस्किसकेका छन्।

प्रहरीले पछिल्लो समयमा मूर्ति चोरीदेखि हरेक मुद्दाका दोषी ठहर भएका फरार अपराधीलाई पक्राउ गर्न थालेको छ। आर्थिक वर्ष २०७७/०७८ मा २४ जना अदालतबाट दोषीठहर भई फरार रहेका अपराधीलाई पक्राउ गरि अदालतमा पेश गरिएको डिएसपी माधव काफ्ले बताउँछन्। उनीहरुबाट ४३ लाख १ हजार ७ सय ९७ रुपैयाँ ८८ पैसा जरिवाना र १५ वर्ष ३ महिना २१ दिन कैद असुली गरिएको छ। अनुसन्धानको क्रममा फरार प्रतिवादी २३ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ.

श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *