झुटा समाचार प्रकाशन गरी ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

शेयर गर्नुहोस्
काठमाण्डौ – झुटा समाचार प्रकाशन गरी ब्ल्याकमेल गर्ने, साइबार अपराध तथा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ कर्णाली आवाज डट कम मार्फत झुटा समाचार प्रकाशन गर्ने, कर्णाली एचडी फेसबुक तथा युट्युब च्यानलमार्फत अफवाहपूर्ण भिडियो प्रसारण गर्ने जुम्लाको कनका सुन्दरी गाउँपालिका ७ को रोकाया बडागाउँ बस्ने २६ वर्षीय पसल रोकायालाई प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिले दुवै पक्षको फेसबुकमा पेज एकाउन्ट बनाइ च्याट गरेको स्क्रिनशट समाचारको रुपमा प्रकाशन गर्ने गरेको प्रहरीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेको रोकायाले पहिला पनि पटक पटक साइबर अपराध गरेको र अहिले पनि उनीमाथि ठगी मुद्दा चलिरहेको छ । विशेषगरी नर्सिङ पेसामा आबद्ध व्यक्तिहरुलाई रोकायाले निसाना बनाउने गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सीटीईभीटी तथा नर्सिङमा नाम निकालिदिन्छु भनी यौन दु्र्व्यवहार तथा ब्ल्याकमेल गर्ने गरेका थिए ।

पसल रोकायाले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिहरुको नाम तथा फोटो प्रयोग गरी सामाजिक सञ्जालमा नक्कली आईडी बनाएर ती आईडीहरुबाट जागिर लगाइदिन्छु, लोक सेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको बार्गेनिङ गरेको जस्तो देखिने दुवैतर्फको च्याट आफैले गरी त्याे च्याटको स्क्रिनशट गरी दर्ता नगरि आफैले सञ्चालन गरेको न्युज पाेर्टल र युट्युब च्यानलमार्फत समाचार बनाइ चरित्र हत्या गरेकाे विज्ञप्तिमा भनिएकाे छ । 

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *