साइप्रस न्युज

बाहिर निस्किन यसरी गर्नुहोस् 8998 मा SMS

शेयर गर्नुहोस्

समिम मियाँ

०८ जनवरी २०२१/लिमासोल

साइप्रस सरकारले जनवरी १० देखि लकडाउन घोसणा गर्दै घर बाहिर निस्किन आवश्यक पर्ने अनुमति लिन एसएमएस सेवा सुचारु गरेको छ।  गत वर्ष मार्च मा लकडाउन हुदा सरकारले सो सेवा सुरु गरेर लक्डाउन मा लचकता दिदै क्रमस जुलाईमा बन्द गरेको थियो।  तर यस पटकको लकडाउनमा भने केहि लचकता दिइएको छ।  एयरपोर्ट पूर्ण रुपमा संचालनमा रहने छ भने 8998 मा  प्रति दिन २ एसएमएस गरि अनुमति लिन सकिने भएको छ।  सरकारले विभिन्न ८ कारणको क्याटेगोरी बनाइ बाहिर जान अनुमति लिन सकिने जनाएको छ।

एक पटक पठाएको एस एम एम ले बढी मा ३ घण्टा सम्म बाहिर जान अनुमति प्राप्त हुन्छ।

यसरी  गर्नुहोस् SMS

क्याटेगोरी (1 देखि ८ मध्य कुनै एक ) स्पेस दिनुहोस् , आइडी वा पासपोर्ट नम्बर  स्पेस दिनुहोस् जिप कोड (चार अंकको पोस्टल कोड ) लेखेर 8998 मा पठाउनु होला।   रिप्लाई आए पछि मात्र बाहिर निस्किनु होला।

 

यी  ८ कारणको क्याटेगोरी मा बाहिर निस्किन सकिनेछ।  

1. फार्मेसी जान, डाक्टरको मा चेकअप गर्न जान, कोरोना टेस्ट गराउन जान वा कोरोना खोप लगाउन वा रगत दान गर्न

2. दैनिक उपभोग्य गर्ने सामान खरिद गर्न, सुपरमार्केट बेकरी वा रासन लिन वा दैनिक उपभोग्य सेवा वा सुविधाको लागि

3. Online banking र  ATM बाट नहुने काम भए बैंक जान

4. सरकारी अफिसमा जरुरि काम परेर जानु परेमा

5.आइसोलेसन वा क्वारेन्टाइनमा बसेका व्याक्तिको मदद गर्न वा बिरामी वा वृद्धहरु जसलाई सहायता आवश्यकता परेकालाइ मदद गर्न

6. आफ्नो घर को वरपर दैनिक व्यायाम गर्न २ जना सम्म भएर जान

7. पारिवारिक नाता पर्ने आफन्तको  मलामी/ बिहे वा अन्य धार्मिक समारोहमा जान

8. अन्य कारणहरुले बाहिर जान पर्ने भएमा (जस्तै पैसा पठाउन जान,

 

 

मानौ तपाइँको घर को ठेगानाको  जिप कोड 2241 हो , तपाइँ को पासपोर्ट नम्बर 07060785 हो र  तपाइँलाई पैसा पठाउन जानु पर्ने छ  भने यसो गर्नुहोस्।

जस्तै : 8 07060785 2241  लेखेर 8998 मा send गर्ने

यदि तपाइँ ड्युटी  मा जानु पर्छ भने एसएमएस गर्नु पर्दैन , सरकारले जारि गरेको ” फर्म ए ” मा आफ्नो इम्प्लोयर बाट हस्ताक्षर गराएर लिएर हिड्न सकिन्छ।

 

 

 

 

sms गर्न को लागि

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *