साइप्रस न्युज

कोरोनाबाट आज ३ को मृत्यु, संक्रमित करिब २९ हजार

शेयर गर्नुहोस्

१७ जनवरी २०२१ /लिमासोल

दोस्रो चरणको लकडाउनको आज ७ औ दिन सम्म कोरोना संक्रमितको संख्यामा लगातार कमि आइरहेको छ। संकमित को संख्यामा कमि देखिए पनि अस्पताल भर्ना हुनेको संख्या भने बढ्दो छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा उपचारको क्रममा ३ जाना कोरोनाका बिरामीले ज्यान गुमाएका छन्।  यो  संगै २०२० मार्च देखि हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १७० पुगेको छ।  अस्पतालमा २०८ कोरोनाका बिरामी भर्नारत छ्न् जसमध्य ५६ को अवस्था गम्भीर रहेको छ।

मन्त्रालयका अनुसार आज ७,०५६ टेस्ट गरिएको थियो जसमध्य १२५९ पिसिआर र ५७९७ एण्टिजेन र्र्यापिड टेस्ट गरिएको मध्य  १५७ मा कोरोना संक्रमण पुस्टि भएको हो।हाल सम्म साइप्रसमा कोरोना संक्रमित को संख्या २८,९६८ पुगिसकेको छ।

सरकारले र्यापिड टेस्टमा सहभागी हुन सर्वसाधारण संग अनुरोध गरेको छ।  सरकारले दैनिक रुपमा निशुल्क र्यापिड टेस्ट गर्न हरेक शहरमा सेन्टर तोक्ने गरेको छ।

यता, कोरोना खोप लगाउने काम पनि जारि रहेको छ।  कोरोनाको खोप लगाउन सरकरले अनलाइन पोर्टल जारि गर्दै सो मार्फत मात्र आवेदन लिएर अपोइन्मेंट दिने गरेको छ।  डिसेम्बर २७ देखि सुरु भएको खोप अभियानमा हाल सम्म १०,२२६ जनाले खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *