कोरोनासाइप्रस न्युज

मार्चमा मात्र लकडाउन हट्ने, ३० हजार नाघ्यो कोरोना संक्रमित

शेयर गर्नुहोस्

२४ जनवरी २०२१/ लिमासोल 

साइप्रस सरकारले लगाएको लकडाउन पूर्ण रुपमा हटाउन गत वर्ष जस्तै विभिन्न चरण अपनाउन सुझाव दिएइको छ।  कोरोनाभाइरस सल्लाहकार समितिले भोलि हुने रास्ट्रपति संग हुने भेटमा लकडाउन हटाउन विभिन्न सुझाव बुझाउने छ।

समितिले शुक्रबार मात्रै स्वास्थ्य मंत्री संग भेट गरि महामारीको तथ्यांक अनुसार संक्रमित कम हुदै गएको भए पनि जोखिम अझै रहेको भन्दै विभिन्न चरणमा प्रतिबन्ध हटाउदै जानु पर्ने बताएको थियो।

महामारीको तथ्यांकमा सुधार हुदै गए मार्च सम्ममा पुर्ण रुपमा लकडाउन हटाउन सकिने समितिले बताएको छ। फ्रेब्रुवरी को सुरु बाट भने बाहिर निस्किन आवश्यक पर्ने अनुमति को लागि दैनिक ३ एसएमएस गर्न सकिने गरि सुझाव दिएको छ। साथै बन्द भएका विभिन्न व्यवसाय पनि दोस्रो चरणमा खुलाउन सकिने भनिएको छ।

यद्यपि बुधबार बस्ने मन्त्रीपरिषदको बैठकले नै अन्तिम निर्णय गर्ने छ। दोस्रो लकडाउन को अवधि आगामी ३१ तारिख सकिदै छ।

कोरोना अपडेट

कोरोनाभाइरसका कारण आइतबार थप ३ को ज्यान गएको छ।  हाल सम्म १८६ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार ७,४४० मा गरिएको परिक्षणमा १३० जना पोजेटिभ भेटिएका छन्।  गत मार्च देखि आज सम्म संक्रमित हुनेको संख्या ३०,०१७ पुगेको छ।

यता,अस्पतालमा १७३ जना उपचाररत छन् जसमध्य ५५ को अवस्था गम्भीर रहेको छ।

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *