अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महत्वपूर्ण कूटनीतिक जानकारी दिन नहुने बताउनुभएको छ । ट्रम्पको अस्थिर व्यवहारका कारण महत्वपूर्ण कुटनीतिक सूचनामा ट्रम्पको पहुँच हुन नहुने पक्षमा आफू रहेको राष्ट्रपति बाइडेनले बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा छ । तर ट्रम्पको अस्थिर र अनिश्चित व्यवहारका कारण त्यो परम्परा तोड्नुपर्ने पक्षमा रहेको बाइडेनले बताउनुभएको छ । ट्रम्पसम्म पुग्ने सूचना अन्तै जाँदैन भन्नेमा ढुक्क हुन सक्ने आधार नभएकाले कुटनीतिक सूचनामा पहुँच दिन नहुँने उहाँको तर्क छ ।
आफ्नो कार्यकालमा कुटनीतिक क्षेत्रमा तनावपूर्ण सम्बन्ध राखेका ट्रम्पले चार वर्षमै ६ जना राष्ट्रिय कुटनीतिक निर्देशक परिवर्तन गर्नुभएको थियो । अन्तर्राष्ट्रिय कुटनीतिमा समेत अस्थिर देखिएका ट्रम्पमा बाइडेनले अस्थिर व्यवहारको खतरा देख्नुभएको बीबीसीले जनाएको छ ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्