सभामुखले दर्ता गरेको मुद्दामा कारण देखाउ आदेश

शेयर गर्नुहोस्

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

सापकोटाले सर्वोच्च अदालतमा आफैं उपस्थित भएर नियुक्तिविरुद्ध रिट दायर गरेका थिए। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा संवैधानिक परिषद्को कार्यालय, राष्ट्रिय सभा अध्यक्षलगायतका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्चले उक्त मुद्दालाई अग्राअधिकार दिएको छ।

संवैधानिक परिषद्ले मंसिर ३० गते विभिन्न आयोगहरूमा ३८ जनालाई नियुक्ति सिफारिस गरे पनि २ जनाले अस्वीकार गरेका थिए।  

 

 

प्रकाशित: २५ माघ २०७७ १८:३३ आइतबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *