देश विदेश

भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर : विवेकशील साझा

शेयर गर्नुहोस्

माघ २५, काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्ट हत्याको निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीले माग गरेको छ। यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग विवेकशील साझा पार्टीले आग्रह गरेको छ । 

बैतडी, कञ्चनपुर र देशैभरि भएका शान्तिपूर्ण नागरिक अभियानहरूमा पनि विवेकशील साझा पार्टीले एकेबद्धता जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै विगतमा जस्तैयस्ता घटनामा राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने गरेकाले नदोहोरियोस् भन्नका लागि सचेत गराएको छ ।

सरकार सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न,नागरिकको जीउधनको रक्षा गर्न पूर्ण असफल भएको निष्कर्ष निकालेको छ ।’सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *