देश विदेश

सत्तापक्षकै सांसदका कारण प्रदेश १ को प्रदेश सभा बैठक स्थगित

शेयर गर्नुहोस्

माेरङ – प्रदेश १ को प्रदेश सभा बैठक सत्तापक्षकै सांसदहरूले अवरोध गरेपछि स्थगित भएको छ । 

बैठक सुरु हुन लाग्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका सांसदहरूले अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आउँदाे फागुन ९ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

आफूहरूले निलम्बन गरेका १६ जना सांसदलाई प्रदेश सभामा प्रवेश गराएकोले बैठकमा अवरोध गरेको नेकपा प्रदेश १ का मुख्य सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिनुभयो । बैठकमा अवरोध भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासकाे प्रस्ताव दर्ता हुन पाएन ।

आइतवार झण्डै साढे चार घण्टा बसेको कार्य व्यवस्था समितिको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासकाे प्रस्ताव टेबल गर्ने कार्यसूची तयार पारेको थियो ।   


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *