देश विदेश

भक्त गुरुङको नेतृत्वमा प्रवासी नेपाली एकता मञ्च बेलायतको पुनर्गठन

शेयर गर्नुहोस्

माघ २६, काठमाडौँ । नेकपाको विदेशस्थित भ्रातृ सङ्गठनका रूपमा परिचित प्रवासी नेपाली एकता मञ्चको बेलायतको सङ्गठनको पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी ओली समर्थित समूहले गरेको विशेष राष्ट्रिय भेलाबाट भक्त गुरुङलाई अध्यक्ष चयन गरेको छ ।

गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले १२५ (हाल ९९ सदस्य र पछि बाँकी थप्ने गरी) सदस्यी केन्द्रिय कार्यसमिति गठन गरेको मञ्चका पूर्वअध्यक्ष रामशरण सिंखडाले जानकारी दिनुभयो । 

बेलायतका अन्य विभिन्न क्षेत्रलाई समेत समेटर हाललाई पाँच क्षेत्रीय समिति रहने गरी बनाइएको राष्ट्रिय समितिले केही समयपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै जाने बताइएको छ । यसरी गठित क्षेत्रीय समितिको अध्यक्षमा मिडल्याण्डबाट तारानाथ भण्डारी, साउथ इष्टबाट केदार थपलिया, नर्थवेस्टबाट अर्जुन चापागाईं, साउथ वेष्टबाट रामकुमार गुरुङ र स्कटल्याण्डबाट जोनी पहारी रहनुभएको छ । 

बाह्र जना उपाध्यक्ष रहने गरी गठन गरिएको समितिको अध्यक्ष गुरुङ पूर्वएमालेका तर्फबाट र महासचिवमा पूर्वमाओवादीका तर्फबाट रूपमा सुरेशजङ्ग शाह रहनुभएको छ । यसअघि अध्यक्ष रहेका राजेन्द्र पुडासैनी संस्थागत मूल्यमान्यता भुलेर प्रचण्ड–माधव नेपालको समूहको गलत नीतिको वकालत गर्दै हिँडेपछि मञ्चको पुनर्गठन गर्नुपरेको वक्ताको भनाइ  थियो । कार्यक्रममा यो नै बेलायतको आधिकारिक सङ्गठन रहेको जनाइएको छ । 

आइतबार सम्पन्न उक्त कार्यक्रमको आधिकारिकरुपमा उद्घाटन गर्दै पूर्वसभामुख सुवास नेम्वाङले देश अब निर्वाचनमय भइसकेको र यसका लागि निर्वाचन आयोगले काम गरिरहेको बताउनुभयो । गृहमन्त्री थापाले जनताले निर्वाचित गरी पठाएको सरकार प्रमुखलाई आफ्नै पार्टीका केही व्यक्तिले अविश्वासको प्रस्ताव पेश गरेर अपदस्थ गर्न लागेपछि प्रधानमन्त्रीले यो कदम चाल्नुभएको र अब हुन गइरहेको चुनावमा गलत विचार बोक्नेलाई परास्त गराउने बताउनुभयो । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *