देश विदेश

गण्डकी प्रदेश महिला हक्की टिमको बिदाई

शेयर गर्नुहोस्

मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीलाई बिदाई गरिएको छ । सोमबार पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना तथा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले खादा लगाई विजयको शुभकामना सहित बिदाई गरेका हुन् । टिम सुदूरपश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको खेल्न प्रस्थान गरेको छ ।  

टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन् । यसैगरी  बैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन् । टिम प्रशिक्षक राजन नेपाली र व्यवस्थापकमा श्रीप्रसाद पुन मगर रहेका छन् ।  

तेस्रो सहाना प्रधान स्मृति हक्की प्रतियोगिता यही माघ २८ गतेदेखि फागुन २ गतेसम्म कन्चनपुरको महेन्द्रनगर कभर्डहलमा आयोजना हुने छ । गण्डकी प्रदेश महिला हक्की टोलीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक, राखेप कपमा कास्य पदक, हेटौडामा आयोजित प्रतियोगितामा रजत पदक र विरगन्जमा आयोजित प्रतियोगितामा समेत रजत पदक जितेको इतिहास छ । 

प्रकाशित: २६ माघ २०७७ १३:४८ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *