देश विदेश

आज देखि दोश्रो चरणको कोरोना बिरुद्ध खोप अभियान सुरु,क-कसले पाउँछन् ?

शेयर गर्नुहोस्

माघ २६, काठमाडौँ । नेपालमा सोमबारदेखि दोश्रो चरणको खोप अभियान सुरु गरिएको छ । यसअघि पहिलो चरणमा उच्च जोखिममा खटिने स्वास्थ्यकर्मी,सरसफाईकर्मीलाई कोरोना बिरुद्धको खोप दिइएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पाँचदिनका लागि कोभिड-१९ विरुद्धको खोप “कोभिशिल्ड” लगाउने भएको हो ।  

संचारकर्मीहरुका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन तोकेको छ भने,यु.एन. एजेन्सीहरूमा कार्यरत तथा विदेशी कर्मचारीका हकमा आश्रित कर्मचारीहरू समेतका लागि पाटन अस्पताल तोकेको छ । यस्तै राजदूतावास तथा कुटनैतिक नियोगमा कार्यरत व्यक्तिहरू तथा विदेशी कर्मचारीहरूको हकमा आश्रितहरू समेत त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्ज तथा शहिद गंगालाल अस्पताल, बाँसबारीमाबाट खोप लगाउन सक्ने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ २५ गते नेपाल सरकार (सचिवस्तर) को निर्णयानुसार खोप दिने व्यवस्था गरेको हो । लक्षित वर्गमा परेका काठमाडौं उपत्यका भित्र रहेका निकाय/ व्यक्तिहरुले सरोकारवाला सूचना, संचार तथा प्रविधि मन्त्रालय र परराष्ट्र मन्त्रालय मार्फत खोप सचिवालय, स्वास्थ्य सेवा विभाग, टेकुमा सम्पर्क राखेर खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गरेको  छ ।

काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लाहरूका हकमा अर्को सूचना प्रकासन गरिने मन्त्रालयले जनाएको छ ।

No description available.


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *