स्रोत नखुलेको २१ लाख रुपैयासहित एकजना पक्राउ

शेयर गर्नुहोस्

स्रोत नखुलेको करिब बाइस लाख रुपैयासहित रौतहट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गौर नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकबाट नम्बर नभएको रातो रंगको स्कुटरमा सबारलाई शंका लागी चेकजाँच गर्दा २१ ला ९० हजार रुपैया सहित रौतहटको परोहा नगरपालिका वडा नम्बर १ का महम्मद दिलसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सोधपुछ गर्दा रकमको स्रोतको बारेमा बताउन नसकेपछि आलमलाई सम्पत्ति शुद्धिकरण विभागमा आवश्यक कारबाहीको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।  

चेकजाँचको क्रममा दिलसादबाट३१ लाख १६ हजार रुपैयाको पाँच वटा चेक पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराएका छन्। पक्राउ परेको नम्बर नखुलेको स्कुटरलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा चलान गरिएको प्रहरीले जनाएको छ।  

 

 

प्रकाशित: २६ माघ २०७७ १९:१४ सोमबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *