देश विदेश

७० गोही नदीमा छाडियो

शेयर गर्नुहोस्

चितवन – चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालु आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा ती गाेही छाडिएको हो । 

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विभिन्न समयमा गरी गोही छाडिएका हो । ती सबै गोहीलाई कसरा नजिकै नदीमा छाडिएको उहाँले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा एक सय गोही नदीमा छोड्ने योजना रहेको छ । अधिकारीका अनुसार अब छोड्ने गोहीलाई लोथर नजिकै राप्ती नदीमा छोडिने छ ।

यहाँ छोडिएका अधिकांश गोही भारततर्फ जाने गरेकाले राप्ती नदीको माथिल्लो भागमा छोड्न लागिएको हो । विगतमा राप्तीसँगै नारायणी, कालीगण्डकी, कोशी, बबई, कर्णालीलगायतका नदीमासमेत छोड्ने गरिएको भए पनि पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै छोडिँदै आएको छ । ती नदीमा गोही संरक्षण हुन नसकेपछि नछोडिएको हो ।

निकुञ्जको प्रजनन केन्द्रमा अहिले पाँच सय ८२ वटा गोही रहेका छन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । 

पछिल्लो गणना अनुसार राप्तीमा एक सय १८ र नारायणीमा एक सय एक गोही रहेका छन् । गोहीले नदी किनारमा अण्डा पारेपछि जोखिममा रहेका अण्डालाई सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइ कोरल्ने र हुर्काउने गरिन्छ । तिनै गोहीलाई पाँच वर्षपछि नदीमा छोड्ने गरिएको छ । 


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *