देश विदेश

गर्लफ्रेण्डलाई जिउँदै जलाएर मार्न खोजेका थिए, आफैं जलेर मरे

शेयर गर्नुहोस्

काठमाडौं। गर्लफ्रेण्डलाई जिउँदै पेट्रोल छर्केर जलाएर मार्ने प्रयास गरेका एक युवक आफैं जलेर मरेका छन् । उनले गर्लफ्रेण्डको शरीरमा पेट्रोल छर्केर आगो त लगाए तर गर्लफ्रेण्डले तत्कालै उनैलाई कसेर अंगालोमा बाँधिन् । त्यसपछि दुवै जल्न थाले । ब्वाइफ्रेण्डको जलेर मृत्यु भएको छ । गर्लफ्रेण्ड गम्भीर अवस्थामा अस्पतालमा छिन् । घटना भारतको मुम्बइको मेघवाडी क्षेत्रमा भएको हो ।

मुम्बइ मिररको रिपोर्टअनुसार पुलिसले विजय खंवेविरुद्ध मुद्दा दर्ता गरेको छ जसको मृत्यु भइसकेको छ । महिला मुम्बइको जेजे अस्पतालमा भर्ना भएकी छिन् । डाक्टरहरुका अनुसार महिलाको स्थिति गम्भीर छ । एक बरिष्ठ पुलिस अधिकारीका अनुसार पुलिसले महिलाका दाजुको उजुरीका आधारमा मुद्दा दर्ता गरेको छ ।

पुलिसका अनुसार विजय नामका मृतक र घाइते महिला अढाइ वर्षदेखि परिचित थिए । विजय महिलासँग बिहे गर्न चाहन्थे तर विवाहको प्रस्तावलाई महिलाका परिवारले अस्वीकार गरेका थिए । त्यसपछि विजयले महिलालाई सताउन सुरु गरेका थिए । कैयौं पटक उनी मदिरा पिएर हंगामा गर्थे । त्यसपछि महिलाले विजयलाई वास्ता गर्न छाड्दै गएकी थिइन् ।

६ फेब्रुअरीको रात महिला घरमा एक्लै थिइन् । उनी बिरामी थिइन् र घरमा आराम गरिरहेकी थिइन् । विजयलाई उनी घरमा एक्लै छिन् भन्ने थाहा थियो त्यसैले विजय पेट्रोलको बोतल लिएर महिलाको घरमा पुगे । विजयले पूरै बोतलको पेट्रोल महिलामाथि खन्याए र आगो लगाइदिए । महिला जल्न थालिन तर तत्कालै उनले विजयलाई समातिन् । उनीहरु दुवै जना जल्न थाले । जल्दाजल्दै उनीहरु बाहिर निस्किए । स्थानीयले आगो निभाएर दुवैलाई अस्पताल पुर्याएका थिए जहाँ शनिबार बेलुकी विजयको मृत्यु भयो ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *