पहिलो चरणमा १११७ जनालाई खोप

शेयर गर्नुहोस्

उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।  

१४ गते जिल्ला अस्पतालको मातृशिशु स्वास्थ्य केन्द्रबाट सुरु खोप अभियान २४ गतेसम्ममा ४ नगर र ४ गाउँपालिकामा सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ। त्रियुगा नगरपालिकाको जिल्ला अस्पतालमै खोप लगाइएको छ। जसबाट २ सय २९ जना लाभान्वित भएको जनस्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए।  

त्यस्तै १६ देखि १८ गतेसम्म चौदण्डीगढी नगरपालिका केन्द्र बेलटारको प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित अभियानमा १ सय १७ जना र बेलका नगरपालिका केन्द्र रामपुरमा १८ गते सञ्चालित खोप अभियानमा ८० जनाले खोप लगाएका छन्। त्यस्तै १९ गते उदयपुरगढी गाउँपालिकामा ८६ जनाले खोप लगाएका छन् भने २० गते कटारी अस्पतालमा १ सय ८४ जनाले खोप लगाएका छन्।

प्रकाशित: २७ माघ २०७७ ०७:०६ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *