देश विदेश

१८ वर्षपछि पाकिस्तानले जित्यो दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला

शेयर गर्नुहोस्

काठमाण्डौ – दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला पाकिस्तानले जितेको छ । दोस्रो टेस्ट ९५ रनले जितेसँगै पाकिस्तानले शृङ्खला दुई–शून्यले क्लिन स्वीप गरेको हो । 

रावलपिण्डीमा तीन सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौ दिन दुई सय ७४ रन बनाउँदै अलआउट भयो । उसका एदिम माक्ररमले एक सय आठ रन बनाए । पाकिस्तानका हसन अलिले पाँच र शाहिन अफ्रिदीले चार विकेट लिए । 

पाकिस्तानले १८ वर्षपछि दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जितेको हो । सन् २००३ यता पाकिस्तानले दक्षिण अफ्रिकासँगको टेस्ट शृङ्खला जित्न सकेको थिएन । 

यी दुई देशबीच आउँदो बिहीवारदेखि तीन खेलको टी–२० शृङ्खला सुरु हुँदैछ ।  


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *