काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र विरोधी प्रतिक्रान्तिको वकालत गरेकाले प्रधानमन्त्री केपी ओली इतिहासमै विफल बनेको बताउनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन प्रथम राष्ट्रिय परिषद् बैठकलाई सोमबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको प्रतिक्रान्तिविरुद्ध संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा एकजुट हुन पनि आह्वान गर्नुभयो ।
पार्टी एकीकरणको समयदेखि नै लोकतन्त्र र संविधान विपरीत कार्यशैली देखाउँदै आएका ओलीले अहिले संविधान, लोकतन्त्र र गणतन्त्र विरोधी प्रतिक्रान्तिको बाटोमा हिँडेकाले आफूहरू त्यसविरुद्धको सङ्घर्षमा उत्रिएको उहाँले स्पष्ट पार्नुभयो ।
नेता दाहालले संविधान, लोकतन्त्र र गणतन्त्रविरुद्ध गएर प्रधानमन्त्री ओली इतिहासमै विफल बन्न पुगेको तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केपीजीले जसरी प्रतिक्रान्तिको वकालत गर्न थाल्नुभयो । उहाँले बाजी हार्नुभयो । उहाँ कलङ्कित पनि हुनुभयो इतिहासमा र उहाँले जित्ने कुनै सम्भावना छैन । हामी जहाँ उभियौँ, संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति र सम्मृद्धिको पक्षमा हामी उभियौँ । त्यसकारण हामीले लडाइँ जित्यौँ । अब उहाँले एकपछि अर्को हार्नुबाहेक अर्को विकल्प छैन । हामी दह्राेसँग उभिँदा हाम्रो जित कसैले रोक्नै सक्तैन । हामी विजयी हुन्छौँ ।’
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्