देश विदेश

नेपाल–फ्रान्स परामर्श संयन्त्रको बैठक सम्पन्न, प्रधानमन्त्री ओलीले गरेको भ्रमणको परिचर्चा

शेयर गर्नुहोस्

काठमाडौं । नेपाल–फ्रान्स द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक भर्चुअल रुपमा आज सम्पन्न भएको छ । संयन्त्रमा द्विपक्षीय सम्बन्ध र सहयोगका सबै विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वबारे चर्चा गर्दै सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको फ्रान्स भ्रमणको परिचर्चा पनि भएको थियो ।

बैठकमा द्विपक्षीय व्यापार, लगानी, पविधि हस्तान्तरण र पर्यटन प्रवद्र्धनका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने सम्बन्धमा पनि विचारविमर्श भएको थियो । दुवै पक्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तनका असर घटाउने कोभिड–१९ विरुद्ध सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल गरेका थिए ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *