निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

शेयर गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मंगलबार आफू नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आधिकारिक भएको दावी गर्न निर्वाचन आयोग पुगेका हुन्। प्रधानमन्त्री ओलीसँगै ओली समूहका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलगायत नेता आयोग पुगेका छन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ मा संसद् विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको छ। ओली समूह र प्रचण्ड–माधव गरी दुई समूह विभाजन भएका उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।

प्रकाशित: २७ माघ २०७७ १२:२७ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *