आफैंलाई नांगो बनाउने झाक्रीको यौनिक भाषण
संसद् विघटनपछि राष्ट्रिय राजनीति चरम ध्रुवीकृत भएकोबेला आफ्नो संबैधानिक भूमिका निर्वाहमात्र गरिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि एउटी नेकपाकै नेतृले छुद्र बचन शुरु गरिन्। राजनीतिक विषयमा राजनीतिक टिप्पणी पाच्य हुन्छ।
तर, उनको टिप्पणी राजनीतिक नभई यौनिक हुँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उग्र विरोधीका रुपमा पहिलादेखि नै देखिएकी र सामाजिक सन्जालमा तथानाम लेखेर पार्टी एक हुँदादेखि नै पार्टीविरोधी परचक्रीको सेवा गरिरहेकी रामकुमारी झाक्रीले यसपटक भने आफू महिला हुनुको सीमा पनि नाघिन्।
ठाउँ ठाउँमा उनी राष्ट्रपति भण्डारीमाथि एकल महिला भएकोमा खिल्ली उडाउँदै भाषण गर्दै हिडेकी छिन्। गोरखामा आयोजित एउटा कार्यक्रममा त उनले मुलुकको सम्माननीय पद र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’को उपमा मात्र दिइनन् भण्डारीको विधवा बन्नु परेको अवस्थासँग जोडेर घिनलाग्दो टिप्पणी पनि गरिन्।
आफू महिला भएको बिर्सेर उनले राष्ट्रपति भण्डारीको यौनिकतासँग जोडेर तल्लोस्तरको टिप्पणी गर्दै भनिछिन्, ‘म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु– निर्वाचनको तयारीका लागि कार्गेट, सुखसुविधा, ऐशआराम, शितल निवास छोडेर पहिले कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कतातिर बसाईँ छ भन्ने सुनेको छु । हैन भने बालकोट नै गए पनि हुन्छ।’
लोटामा राखिएको दुध जुनसुकै विरालोले पनि खान सक्छ। त्योमध्येको एक बिरालो हुन् झाक्री।
राजनीतिक पक्ष विपक्षमा राजनीतिक टिप्पणी अस्वाभाविक होइन तर झाक्रीले बालकोट नै गए हुन्छ भन्नुको निचताको हद हो। प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटको प्रसंग जोडेर एउटी महिलामाथि यति तुच्छ आरोप लगाउँदा झाक्रीले आफ्नो राजनीतिक हैसियत त बिर्सेकै हुन् त्यसमा पनि उनले आफ्नो यौनिक चरित्र पनि विर्सिइन्।
उनकै स्तरमा उत्रेर कसैले उनलाई वानेश्वरका तारे होटल र कफी सपहरुमा पुरुषहरुसँग मस्किदै कफी पिएको देख्नेहरुले यौनितासँग जोडेर आरोप लगाए भने उनी कसरी जवाफ देलिन् कुन्नी?
चरित्रसँग जोडेर महिलामाथि आरोप लगाउने दम्भी पुरुषहरुको कमी छैन नेपालमा। त्यसमाथि पनि एकल महिलालाई जो पुरुषसँग सँगै हिडेको देख्यो भने पनि औंला ठड्याउने तुच्छहरुको लाइनमै उभिएर झाक्रीको राष्ट्रपति भण्डारीप्रतिको टिप्पणी उनीभित्रको कुण्ठाको पराकाष्ठा हो।
आखिरमा झाक्री को हुन् त? के इतिहासमा झाक्री कोही त्यस्ती व्यक्तित्व हुन् जो जनताबाट अनुमोदन भएकी हुन्? प्रत्यक्षरुपमा जनतामाझ पुगेर चुनिएकी हुन र? उनी कहीँ कतैबाट जनताको प्रत्यक्ष अभिमतबाट चुनिएकी होइनन्। लोटामा राखिएको दुध जुनसुकै विरालोले पनि खान सक्छ। त्योमध्येको एक बिरालो हुन् झाक्री।
झाक्री उनै हुन जो विध्यदेवी भण्डारीको पालामा र नेतृत्वमा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिशिचित भएको थियो र त्यही भर्यांङ्गमा टेकेर मूल ढोकाबाट नभै जस्केलाबाट महिला र जनजाति अन्तर्गतको कोटाबाट समानुपातिक संसद भएकी हुन्। जनताले यो कुरा विर्सेका छन् र?
यौनिकतासँग जोडेर राष्ट्रपतिबारे उनले गरेको टिप्पणीले विधवा भएकैले नारीको ‘शुद्धता’ र ‘चरित्र’माथि आक्षेप लगाउने उनको नारीद्वेसी चिन्तन प्रकट भएको छ। यो सम्पूर्ण महिलाहरुले प्रतिकार गर्नुपर्ने विषय हो।
राष्ट्रपतिले संबैधानिक दायित्वअनुसार, मन्त्रिपरिषद्को सिफारिस भएका कार्यहरु अनुमोदन गर्ने हो। उनका कार्य संबैधानिक व्यबस्थाअनुसार अदालतले फैशला गर्छ। त्यसमाथि नेपाली जनता छन् यसको सही र गलत छुट्याउने।
हाम्रो समाजमा पुरुषलाई चाँही ‘नैतिकता’ र ‘मर्यादा’का यस्ता जञ्जिरबाट मुक्त गरिएको छ। यही कारणले गर्दा हाम्रो समाजमा ‘म अविवाहित छु, तर कुमार छैन’ भन्ने कृष्णप्रसाद भट्टराईको भनाइ इमान्दार सन्तवाणी कहलिन्छ। हिजो संसद् विघटन गर्ने गिरिजाप्रसाद कोइरालाको विधुर हैसियतलाई समाजले बेवास्ता गरेकै हो।
तर आज विद्यादेवी भण्डारीले चालेको संवैधानिक दायित्वअन्तर्गतको कदमको विरोध गर्ने नाममा उनको रित्तो सिउँदोसँग चाँही यौनगत चरित्रलाई गाँसेर तारो बनाउँदैछन् झाक्री जस्ता महिलाले।
विधवाहरू व्यभिचारी बन्छन् भनी उत्तरवैदिककालमा संस्थागत भएको मान्यताको प्रभावले नेपाली समाजलाई अहिलेसम्म जकडेको छ। त्यही कुरुप धारणा बोकेकी कुरुप पात्रका रुपमा झाक्री प्रकट भइन्। उनको अभिव्यक्ति सम्पूर्ण नारीहरुमाथिको अपमान हो। यसको प्रतिरोध आवश्यक छ नारी अस्मिताका लागि पनि।
नेपालको वर्तमान राजनीतिक अवस्था प्रतिनिधिसभाको विगठन गरी नयां जनादेशमा जाने घोषणाले तरंगित भैरहेको अवस्थामा विभिन्न खालका टिका टिप्पणी र गतिविधिहरू हुनुलाई समान्य ढंगले बुझ्न सकिन्छ। यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पौष ५ गते संसद् विगठन गरिसकेपछि विशेष गरी सत्ताधारी नेकपाको राजनीति दुई कित्तामा उभिएको छ।
यसै घटनलाई मुख्य विषय बनाएर अहिले दुबै पक्षबाट विभिन्न गतिविधिहरू भइरहेका छन्। विभिन्न काल खण्डमा भएका राजनीतिक संस्काहरूलाई नियल्दा यसलाई पनि स्वाभाविक ढंगले बुझ्न र लिन सकिन्छ।
यसै विषयलाई लिएर विभिन्न वर्ग , व्यक्तित्व र बुद्धिजिवीहरूले समेत संसद् विगठन अग्रगमन कि प्रतिगमन भनेर आआफ्नो मत राखिरहेका छन् र यो विषय अहिले एउटा व्यक्ति वा नेता कसैको बहस र तर्कमा मात्र सिमित नरहेर सर्वोच्च अदालतमा बहसकै क्रममा छ। सर्वोच्चको फैसला के, कसरी ,कस्तो आउछ त्यसलाई प्रतीक्ष गरौं र जसको पक्षमा र जे फैसला आए पनि न्यायमूर्तिहरूले दिएको फैसला पालन गर्नु हामी सबै असल नागरिकको कर्तव्य पनि हो।
मूल त अहिलेको तातिएको राजनीतिमा नेकपाभित्र ओलीसमूहले आफूहरुलाई पार्टीको वैधानिक मूल समूह भनेर दावी गरिरहेको छ भने माधव नेपाल, प्रचण्ड, झलनाथ र नारायणकाजीले नेतृत्व गरेको अर्को समूहले आफूलाई वहुमत भएको दावी गर्दै आएको छ। र, यी दुबै समूह अहिले को शक्तिशाली छ भनेर देखाउने कार्यमा सडकमा कार्यकर्ता र आमजनतालाई उतारिरहेका छन्।
राजनीतिमा आआफ्नो डम्फू बजाउनु अस्वाभाविक होइन तर आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री हुँदा काम नै गर्न नदिनु हरेक कुरामा षड्यन्त्र गर्दै नकारात्मकताको प्रचार नियोजितरुपमा गराउनुले नेकपाभित्रको घिनलाग्दो राजनीतिलाई देखाइरहेकै थियो। यही घिनलाग्दो राजनीतिको एउटा पात्र बनेकी छिन् झाक्री। उनी तर्क र तथ्यसहित भण्डारीको चरित्रमाथि टिप्पणी गरेकी भए एउटा कुरा।
उनको टिप्पणी मिथ्या त हुँदै हो उनीभित्रको कुरुप चरित्रको उद्घाटन हो जुन सम्पूर्ण नारीहरुले भत्र्सना गर्नु पर्दछ । नत्र, यस्ता प्रबृत्तिहरु फेरि मौलाउंछन् र नारीहरुमाथि हरेक पटक यौनिकताको आरोप लगाउँदै समाजमा महिला अस्मितामाथि दमन बढाउँछन्। त्यसैले २१ औं शताब्दीको नेपाली समाज सभ्य र सुदृढ ढंगले स्थापित गरी अघि बढाउन झाक्रीजस्ता वनझाक्रीको स्वरूपमा आउने जो कोहीलाई दण्डित गरी नेपाली राजनितिबाट किनारा लाउन जरूरी छ ।
(लेखिका प्रवासी नेपाली एकता मञ्च, जापानकी नेतृ हुन्)
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्