देश विदेश

डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात

शेयर गर्नुहोस्

टाईगर कप क्लब च्याम्पियनसिपमा मंगलबार पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा आयोजित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । पहिलो सेट २७–२५ को स्थिति पु¥याउँदै खरो प्रतिस्पर्धामा उत्रिएको गण्डकी प्रदेश दोस्रो र तेस्रो सेटमा प्रभावकारी प्रदर्शनबाट चुक्यो । दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–२२ ले गुमाउँदै गण्डकी प्रदेशले उदघाटन खेल पुलिसलाई सुम्पिएको थियो ।  

महिला तर्फको प्रतिस्पर्धामा विभागीय क्लब नेपाल आर्मीलाई पाँचौ सेटमा पुगेर जित आत्मसात गर्दै न्यु डायण्ड एकेडेमीले क्लब च्याम्पियनसिप टाईगर कप भलिबलमा सुखद शुरुवात ग¥यो । टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगितामा आर्मीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जितको सम्भावना देखाएपनि अन्तत न्यु डायमण्ड एकेडेमीसँग नतमस्तक बन्न पुग्यो । पहिलो सेट न्यु डायमण्डले २५–१२ मा लिदैं आर्मीमाथि हावी हुने संकेत देखायो ।  

तर दोस्रो सेटमा भने आर्मीले लय समात्यो । २२–२५ को अवस्थामा डायमण्डले आर्मीलाई सेट सुम्पिदैं बराबरीमा रह्यो । १–१ सेट लिएको अवस्थामा तेस्रो सेट प्रतिस्पर्धात्मक बन्ने अपेक्षा थियो । डायमण्ड एकेडेमीले आर्मीमाथि दबास सिर्जना गर्दै २५–१८ मा सेट लिदैं सेटमा आग्रता बनाउन पुग्यो । चौथो सेट भने आर्मीले आफनो पक्षमा पार्दै निर्णायक सेटसम्म खेललाई धकेल्यो । २५–२७ मा डायमण्डले गुमाउँदै आर्मीसँग निर्णायक सेटसम्म कुर्नुप¥यो । तर अन्तिम सेट पनि निकै प्रतिस्पर्धात्मक रह्यो । १५–१३ ले लिदैं आर्मीमाथि डायमण्डले जित दर्ता गर्दै क्लब च्याम्पियनसिपमा गतिलो शुरुवात ग¥यो ।  

यसअघिको खेलमा महिला भलिबलमा आफनो प्रभुत्व जमाईरहेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब विभागीय डर्बीमा पराजित हुदैं पोखरामा आयोजित टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको शुरुवात गरेको थियो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको मंगलबारको विहानी खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुन पुग्यो । तर पुलिसले २६–२४को सेटमा बाजी मा¥यो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जितको संघारमा पुग्यो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसले २५–११ को सेटमा पराजित गर्दै क्लब च्याम्पियनसिपमा आफनो सुखद शुरुवात ग¥यो ।  

विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५÷१५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार पाउने छन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । टाईगर ग्रुपका अध्यक्ष नारायण शर्माका अनुसार पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल आर्मी क्लबसँग पहिलो खेल खेल्ने छ । दोस्रो खेल नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बीच हुने छ । यसैगरी महिला तर्फ नेपाल पुलिस क्लब र नेपाल आर्मी क्लब बीच हुने छ । 

प्रकाशित: २७ माघ २०७७ १७:४६ मंगलबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *